सुध्रियो श्रम कार्यालय

सुध्रियो श्रम कार्यालय

जनकपुरधाम : जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयको दृश्य मंगलबार फरक देखिन्थ्यो। कार्यालयमा सेवाग्राहीको चाप केही कम थियो। मूल गेटअगाडि सेवाग्राही पंक्तिबद्ध थिए भने ग्रिल गेटभित्र अर्को लाम व्यवस्थित थियो।

ग्रिल गेट भित्रपट्टि एउटा डेस्क राखिएको थियो। डेस्कमा बसेका कर्मचारीले दुई प्रहरीको सहयोगमा सेवाग्राहीको राहदानी र फाराम हेरिरहेका थिए। ती कर्मचारीले सेवाग्राहीलाई टोकन दिइरहेका थिए। गेटभित्र लाम लागेका सेवाग्राही पनि काम हुने आसमा देखिन्थे। सबै शान्तिपूर्वक काम गराइराखेका थिए। आइतबार अन्नपूर्णको टोली श्रम कार्यालय पुग्दा अवस्था अस्तव्यस्त थियो। न त सेवाग्राहीको लाम व्यवस्थित थियो न त कर्मचारीको काम।

शान्तिपूर्वक लामबद्ध सेवाग्राही। तस्बिर : मनिका झा

कर्मचारी कार्यालय ढिलो आएका थिए भने काम दिउँसोमात्र सुरु भएको थियो। मंगलबार भने कर्मचारी कार्यालय समयभन्दा पहिला नै आइपुगेका सेवाग्राहीले बताए। पछिल्लो दुई दिनमै अवस्थामा सुधार आएको एक सेवाग्राहीले बताए। ‘आज त कर्मचारी बिहान ९ बजे नै आएका थिए’, धनुषा खजुरीबाट आएका सेवाग्राही नूर आलमले भने। चार दिनदेखि श्रम स्वीकृति लिन कार्यालय धाइरहेका नूरको काम मंगलबार बिहानै भयो।

हरिवनका सेख मुस्लिमले मंगलबार सजिलै श्रम स्वीकृति पाए। उनले भने, ‘अहिले जुन गतिमा कर्मचारीले काम गरेका छन् त्यसरी नै गरे भने भीड हुँदैन।’

मंगलबार दुई सयजनालाई कार्यालयबाट श्रम स्वीकृति दिइएको श्रम कार्यालयका निमित्त प्रमुख मनोज यादवले बताए। उनले भने, ‘हामी सक्दो धेरै काम गरिराखेका छौं। साँझ सातआठ बजेसम्म काम गर्नेछौं।’ सेवाग्राही व्यवस्थित रुपमा लामबद्ध भएर आएमा श्रम स्वीकृति दिन झन्झटिलो नरहेको यादवले बताए। उनले भने, ‘कार्यालयको सेवामा सुधार गरी सहज सेवा प्रदान गर्र्न हामी सक्रिय छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.