गाउँकै विद्यालयमा बल्ल विद्यार्थी

गाउँकै विद्यालयमा बल्ल विद्यार्थी

गोरखा : चार वर्ष अघिसम्म सहिद लखन गाउँपालिका–९ रामभञ्ज्याङका बालबालिका स्थानीय भीमसेन आधारभूत विद्यालयको आँगन हुँदै एक घण्टा हिँडेर जनशक्ति माविमा पढ्न जान्थे। आँगनबाटै विद्यार्थी गएको देखेर शिक्षक र व्यवस्थापन समितिको मन कुँडिन्थ्यो। गाउँका विद्यार्थी गाउँकै विद्यालयमा पढाउन के गर्न सकिन्छ भन्नेबारे लामो बहसपछि विद्यालयले दिवा खाजा कार्यक्रम लागू गर्ने निर्णय गर्यो‍।

खाजाको व्यवस्थासँगै पठनपाठनमा सुधार अभियानपछि विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुन थालेको स्थानीयको भनाइ छ। विद्यालयले ०७२ सालदेखि विद्यार्थीलाई खाजा खुवाउन थालेको हो। भूकम्पपछि विद्यालयलाई सहयोग गर्न थालेको जर्मनीको किन्डर हिल्फे नामक संस्थाले जगतचेत फाउन्डेसनसँगको सहकार्यमा खाजाका लागि आर्थिक सहयोग गर्दै आएको शिक्षक सुन्दरबहादुर विकले बताए।

दैनिक विभिन्न परिकार बनाएर विद्यार्थीलाई खाजा खुवाउने गरिएको विद्यालयले जनाएको छ। शिक्षक भूमिनन्द ढकालका अनुसार खाजाका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ खर्च हुने गरेको छ। संस्थाले खर्चका आधारमा अग्रिम एकमुष्ट सहयोग गर्दै आएको जगतचेत प्रतिष्ठानका अध्यक्ष रामप्रताप थापाले बताए।

३५ घरधुरी रहेको रामभञ्ज्याङस्थित कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा ५० जना विद्यार्थी पढ्छन्। सो संस्थाले भीमसेन आधारभूत विद्यालयमा पढ्ने १५ जना विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँका दरले छात्रवृत्तिसमेत दिने गरेको फाउन्डेसनका अध्यक्ष रामप्रताप थापाले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.