उपचार गर्न नसकेर घर फर्केका शान्त लुहारलाई क्यानडाबाट आर्थिक सहयोग

उपचार गर्न नसकेर घर फर्केका शान्त लुहारलाई क्यानडाबाट आर्थिक सहयोग

बाजुरा : हिमाली गाउँपालिका- ६ निवासी शान्त लुहारले आर्थिक सहयोग पाएका छन्।भक्तपुरको चाँगुनारायण निवासी हाल क्यानडामा बस्दै आएका दिनेश ढुंगानाको परिवारले बालबालिकाको पढाइ र शान्त लुहारको उपचारका लागि ७९ हजार ६ साय ३० रुपैयाँ सहयोग गरेका छन्।

शान्त लुहारको परिवारको बिचल्लीबारे अन्नपूर्णपोस्ट्डटकम र अन्नपूर्ण पोस्ट् दैनिक पत्रिकामा  समाचार प्रकाशित भएपछि सहयोगी भेटिएका हुन्। ढुंगानाको परिवारले पठाएको सहयोग रकम एक कार्यक्रममा बीच बडिमालिका नगरपालिकाका नगरप्रमुखको प्रमुख अथित्यतामा शान्त लुहारलाई हस्तान्तरण गरिएको छ।

यस्तै अमित ढुंगाना, पत्रकार एकेन्द्र कुँवर, काठमाडौंका व्यापारी दयाराम अग्रवाल, सामाजिक अभियान्ता मेनुका गुरुङ, महेन्द्र दासले ५/५ हजार र डा. ज्ञानु खड्काले २ हजार ५ सय सहयोग गरेका थिए।त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले २० हजार सहयोग गर्ने बताएका छन्।

बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि घर फर्केका लुहार आर्थिक सहयोग पाएपछि उपचारका लागि काठमाडौं हिँडेका छन्। शान्त लुहारकी श्रीमती बच्ची लुहारको गएको साउन महिनामा उपचार नपाएर मृत्य भएको थियो। शान्त लुहार पनि फोक्सोको बिरामी छन्। उनी उपचार नपाएर मृत्युसँगै लडिरहेका छन्।आमाको मृत्यु र बावुको पनि उपचार नपाएर घर फर्किनु परेपछि मृत्युसँगै  ५ जना छोराछोरीको बिचल्ली भएको छ। आर्थिक सहयोग मिलेपछि भने बावुको उपचार हुने आशामा शान्तका छोराछोरी बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.