म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

बेलझुन्डी (दाङ) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको म्याराथनमा आर्मीका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाई च्याम्पियन भएका छन्। सोमबार भएको पुरुष म्याराथनमा कृष्णले कर्णाली प्रदेशका दुर्गाबहादुर बुढालाई पछि पार्दै स्वर्ण जितेका हुन्। कृष्णले निर्धारित दूरी दुई घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरे।

दुर्गाले दुई घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते। यस्तै दुई घण्टा २२ मिनेट १० सेकेन्डको समयसहित एपीएफका किरणसिंह बोगटीले कांस्य जिते।

महिलातर्फ पुलिसकी राजपूरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेन्डमा म्याराथन पूरा गरिन्। एपीएफकी पुष्पा भण्डारीले तीन घण्टा ५९ सेकेन्डका साथ रजत पदक जित्दा आर्मीकी सरिता बासीले तीन घण्टा आठ मिनेट तीन सेकेन्डको समयसहित कांस्य जितिन्।

यसैगरी चार गुणा एक सय मिटर रिले दौडमा आर्मीले पुरुष र महिला दुवैमा स्वर्ण पदक जितेको छ। पुरुषतर्फ आर्मीले ४३.१९ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्यो। निर्धारित दूरी ४३.४० सेकेन्डमा पूरा गरेको एपीएफले रजत जित्दा पुलिसले ४४.५५ सेकेन्डको समयसहित कांस्य पदक प्राप्त ग¥यो।

महिलातर्फ पनि आर्मीले स्वर्ण जितेको छ। आर्मीले निर्धारित दूरी ५०.५६ सेकेन्डमा पूरा ग¥यो। प्रदेश ५ ले ५१.६६ सेकेन्डको समय निकाल्दै रजत र ५३.१२ सेकेन्डको समयसहित एपीएफले कांस्य पदक जित्न सफल भयो।

पुरुष चार सय मिटर हडल्समा एपीएफका नीरप्रताप महतोले स्वर्ण जिते। निर्धारित दूरी ५५.६० सेकेन्डको समय निकाल्दै नीरले स्वर्ण हात पारेका हुन्। आर्मीका जीवन चौधरीले ५६.४९ सेकेन्डको समयसहित रजत र आर्मीकै अशोक कुँवरले ५७.४४ सेकेन्डको समयसहित कांस्य पदक जिते।

महिलातर्फ आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण जितिन्। उनले एक मिनेट ०९.७९ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्। यस्तै आर्मीकै तुलसा खत्रीले एक मिनेट ११.१३ सेकेन्डसहित रजत र गण्डकी प्रदेशकी कल्पना श्रेष्ठले एक मिनेट १२.७८ सेकेन्डको समयसहित कांस्य जितिन्।

महिला आठ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी दुई मिनेट १६.०० सेकेन्डमा पूरा गरिन्। आर्मीकै सानुमाया कार्कीले रजत जित्दा एपीएफकी फूलमती रानाले कांस्य जितिन्। सानुमायाले दुई मिनेट १७.९४ सेकेन्ड र फूलमतीले दुई मिनेट १८.३८ सेकेन्डमा दौड पूरा गरे।

पुरुषको आठ सय मिटर दौडमा आर्मीका उमेश मस्र्याङ्दी मगरले स्वर्ण जिते। उनले निर्धारित दूरी एक मिनेट ५७.५५ सेकेन्डमा पूरा गरे। दोस्रो भएका आर्मीकै टंक कार्कीले एक मिनेट ५८.०५ सेकेन्डको समय निकाले। प्रदेश ३ का सुवास थापाले एक मिनेट ५८.५३ सेकेन्डको समयसहित कांस्य पदक प्राप्त गरे।

एथलेटिक्समा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ। आर्मीले महिलातर्फ ११ र पुरुषमा १० स्वर्ण जित्यो। यस्तै महिलामा चार रजत ६ कांस्य तथा पुरुषमा तीन रजत र तीन कांस्य जित्यो। यस्तै एपीएफले महिलामा दुई तथा पुरुषतर्फ ६ स्वर्ण जित्दै दोस्रो हुँदा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले महिलामा तीन स्वर्ण जित्यो। एपीएफले महिलातर्फ तीन रजत र ६ कांस्य, पुरुषमा तीन रजत तीन कांस्य जित्यो। नेपाल पुलिसले महिलामा एक रजत एक कांस्य तथा पुरुषमा चार रजत तीन कांस्य जित्न सफल भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.