जीपको ठक्करबाट वृद्धाको मृत्यु
तानसेन : जीपको ठक्करबाट पाल्पा रामपुरमा एक वृद्धाको मृत्यु भएको छ। रामपुर नगरपालिका- ४ स्थित इस्लामपुरमा ग २ च ३०९४ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीया सकिना मियाँको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
मियाँको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो।ठक्कर दिने चालक र जीप प्रहरी नियन्त्रणमा छन्। इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा सडक छेउमा उभिएकी मियाँलाई जीपले ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस !