मुहार फेरिएको बारपाक (२३ तस्बिरमा हेर्नुहोस्)

मुहार फेरिएको बारपाक (२३ तस्बिरमा हेर्नुहोस्)

बारपाक : नमुना घरलाई हेर्दै रामबहादुर घले (७७) आँखा ओभाउँछन्। ०७२ वैशाख १२ को  भूकम्पमा उनले आफ्ना आफन्तहरु गुमाए। पुर्खौली आवास गुमाए। सम्झि ल्याउँदा भुकम्पले उनको मनलाई आलो घाउजस्तै दुखाउँछ।

 
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको वैशाख १२ को भूकम्पमा त्यहाँका सबै घर भत्किएको थियो। भूकम्पमा परि स्थानीय ७० जनाले ज्यान गुमाएका थिए।  आज भुकम्प गएको चार वर्ष बितिसक्यो। सरकारले अनुदार मार्फत ३ लाख रुपैयाँ दिएको थियो। जुन घर बनाउन पर्याप्त थिएन। तर स्थानीयले ऋण लिएरै भए पनि पक्की घर बनाएका छन्। भूकम्पलाई बिर्सिएर गाउँलेहरु पुनर्निर्माणमा जुटेका छन्।

भूकम्पले क्षतविक्षत बनेको बारपाक अहिले लोभलाग्दो बनेको छ। आफ्नै प्रयासबाट गाउँलेले बारपाकलाई उज्यालो बनाएका छन्। कैयौं रात घाम पानीसँग जुझ्दै टहरामा रात काटेका राम बहादुरले पनी हालैमात्र नयाँ घर बनाए। भूकम्पमा गुमाएका आफन्तहरुलाई फर्काउन नसके पनि परिवारको खुसी फर्काउन उनी प्रयास गर्दैछन्।

बारपाकको धार्चे गाउँपालिका –६ का ६ हजार १ सय ४८ परिवारले घर बनाइ सकेका छन्। बाँकी १ हजार ३३ परिवारले अझै घर बनाउन बाँकी छ। पारम्पारिक शैलीमा निर्माण भएका घरहरुको सट्टा अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर देख्न पाइन्छ। एकतल्ले नीला जस्तापाताले छाएका र चिटिक्क परेका घरले गाउँको मुहार नै परिवर्तन गरिदिएको छ।

घर बनेसँगै स्थानीयको मुहारमा खुसी छाएको छ। वैशाख १२ लाई सम्झनै नचाहने बारपाकबासीलाई बेलाबेला भूकम्पको झट्काले भने सताइ रहन्छ। यद्यपी बारपाकको बाहिरी परिवेश बद्‍लिएको छ। हेर्दाहेर्दै खण्डहर बनेको सुन्दर बारपाक फेरि ब्यूतिने आशा कमैलाई थियो। तर बिगतको पीडालाई बिर्सिँदै गाउँलेहरु सामान्य जीवनतर्फ अघि बढ्न थालेका छन्।

बारपाकमा अहिले ढुङ्गाले बनेका घरहरु एउटा पनि देख्न पाइँदैन। भूकम्प अगाडि बारपाक ढङ्गाले बनेका घरको गाउँ भनेर चिनिन्थो। घरहरु सबै आरसीसी बनावटमा बन्दा बारपाकको मौलिक पहिचान भने गुमेको छ। भूकम्पपछि बारपाकमा खेतीपाती पनि कम हुन थालेको छ। सडक संजालसंग जोडिने क्रममा रहेको बारपाकमा व्यापार व्यवसाय भने फस्टाएको छ। 

तस्बिरहरु : सुनीता डंगोल

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.