भारतीयलाई नेपाली नागरिकता

भारतीयलाई नेपाली नागरिकता

बिर्तामोड : भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो।

गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो। झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो।

पहिले नागरिकता बनाउन बाबुछोरा बनेर आउने दुईजना पक्राउ गरी अनुसन्धान भरहेकोमा अहिले जनप्रतिनिधि, कर्मचारी र मुचुल्कामा सही गर्ने स्थानीयका नाममा पनि पक्राउ पुर्जी जारी भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

भूपालको भारत असम राज्यको मणिपुर कानकोपी जिल्ला भएको भारतीय मतदाता परिचयपत्र पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको होे। परिचयपत्रमा भूपालको बुबाको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ। दुवै जनालाई झापा अदालतबाट म्याद थपेर प्रहरी कार्यालयमा रािखएको छ। भारतीय नागरिक भूपाललाई नागरिकता बनाउन सहयोग पुर्‍याउने मुचुल्का, सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइदिने जनप्रतिनिधि र कर्मचारीका नाममा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

भूपाललाई नागरिकता बनाउन सहयोग पुर्‍याउने काममा उनीसँग फेला परेको कागजातअनुसार वडाध्यक्ष, सदस्य, सचिव, कर्मचारी र स्थानीय गरी १० जनाको नाम उल्लेख छ। भूपालको जन्मदर्ता बनाउन तयार पारिएको मुचुल्कामा कचनकवल–२ बस्ने कविदास गुरुङ, कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन्।

उक्त पत्रमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षरसहित छाप लगाइएको छ। जन्मदर्ता र वंशजको नागरिकता बनाउने मुचुल्कामा वडाध्यक्ष मेखबहादुर भट्टराईले सहीछाप गरेको कागजातमा उल्लेख छ। कागजातमा सनबहादुर गुरुङका नाति बमबहादुर र चन्द्रकला गुरुङका छोरा भूपाल गुरुङकाको जन्म साबिक पथरिया–९ हाल कचनकवल–२ मा भएको उल्लेख छ।

भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औंलामा मसी लागेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले देखेपछि सोधपुछका क्रममा उनी भारतीय नागरिक भएको पाइएको थियो।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस्ता घटना दोहोरिन नदिन नागरिकता वितरणमा कडाइ गरिएको बताए। गृह मन्त्रालयले वंशजका आधारमा नागरिकता दिने बाटो खुला गरेसँगै झापा नागरिकता लिनेको चाप बढेको थियो। अहिले सर्वोच्चले रोकेपछि चाप घटेको छ। वंशजका आधारमा नागरिकता वितरण हुँदा झापाबाट ८ सयभन्दा बढीले नागरिकता लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.