धनुषामा प्रहरीको हतियार खोसेर तस्कर फरार

धनुषामा प्रहरीको हतियार खोसेर तस्कर फरार

जनकपुर : धनुषामा तस्करले  प्रहरीको हतियार खोसेर भागेका छन् । घनुषाको मुखियापटि मुसरनिया गाउँपालिका–१ मा रहेको नेपाल-भारत नाकामा मंगलबार राति नेपालबाट लोकल रक्सी ओसार–पसार गरिरहेका करिब १०–१२ जनाको समूहमा रहेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो। 

नाकामा रहेको प्रहरी चौकीबाट खटिएको नेपाल प्रहरीसहयक निरीक्षक प्रमोदकुमार साहसहितको टोलीले उनीहरुलाई रोक्न खोजेको थियो । राति २ः४० बजे तस्करहरुले तस्करीको सामानकासाथै उल्टै प्रहरी सहायक निरीक्षक साहका रिभल्वर लिएर फरार भएको घनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् । 

प्रजिअ कणेलकाअनुसार घटनालगतै जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी निरीक्षको घटनास्थलमा गएको थियो। अहिले डीएसपी ज्ञानकुमार महतोको टोली गएर तस्करहरुको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । यो नाका धनुषाको सर्वाधिक तस्करी हुने नाका हो । केही महिना अगाडी तस्करी रोक्न खोज्दा तस्करहरुले प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.