नगरप्रमुखको तलब मजदुरलाई

नगरप्रमुखको तलब मजदुरलाई

बिर्तामोड : झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो एक वर्षको तलब भत्ता मजदुरलाई दिएका छन्।१ सय ३० औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पार्दै प्रमुख पोखरेलले एक वर्षको ३ लाख २५ हजार चार सय ६० रुपैँया तलब बापतको रकम बुधबार स्थानीय मजदुरलाई प्रदान गरेका हुन्। सो रकम स्थानीय मजदुरले सञ्चालन गरेको मजदुर हितकोषमा राखिने उनले बताए।

हितकोष नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारका लागि स्थापना गरिएको हो। सो रकमको चेक बुधबार एक कार्यक्रममा संघीय सांसद एलपीसाँबा लिम्बू र प्रमुख पोखरेलले मजदुर नेताहरु सचिन लामा, केशर न्यौपाने, टंक गुरागाईँलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। 

एक वर्षअघि स्थापना भएको सो मजदुर हितकोषमा कनकाई नगरपालिकाबाट आर्थिक वर्ष ७३/७४ र ७४/७५ मा गरि १० लाख र ५ लाख ५० हजार रुपैँया बजेट विनियोजन गरिसकिएको मजदुर हित कोषका सदस्य सचिव तथा कनकाई नगरपालिकाका अधिकृत हरिप्रसाद मिश्रले बताए। हितकोषको ब्याजबाट यस क्षेत्रका मजदुरको जीवन बिमा गरिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको भनाई छ। 

पोखरेलका अनुसार हितकोषबाट नगर क्षेत्रका १० जना मजदुरको सङ्ख्या मात्रै तोकेर ३ लाख रुपैँया बरावरको दुर्घटना बिमा र १० लाख बराबरको जीवन बिमा गरिएको छ। हितकोषको रकमलाई आफ्नै कार्यकालमा १ करोड रुपैँया बनाउने समेत पोखरेलले बताए। कनकाई नगरपालिका क्षेत्रका करिव ७ सय मजदुरहरु यस हितकोषबाट लाभान्वित बन्ने हितकोषका उपाध्यक्ष टंक गुरागाईँको भनाई छ।मज्दुर दिवशको अवसरमा आयोजित सो कार्यक्रमका कनकाइ क्षेत्रका इमान्दार ४ मजदुरलाई सम्मान समेत गरिएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.