नेपाल पुलिस मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

नेपाल पुलिस मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

काँकडभिट्टा : नेपाल पुलिस क्लब झापाको काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा संकटालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो।

जितसँगै पुलिसले नगद पाँच लाख एक हजार रुपैयाँ सुनिश्चित गरेको छ। प्रतियोगितामा पुलिसले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो। टाइब्रेकरमा पुलिसका अजित भण्डारी, भरत शाह, तीर्थबहादुर राना, हरि कठायतले गोल गरेका थिए। सुमन लामाको प्रहार भने विफल भएको थियो।

संकटाका अमित तामाङ, टम्पी इर्नेस्ट, दीपेश आलेमगरले गोल गरे। रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरेका थिए।

९० मिनेटको निर्धारित समयभित्र १–१ गोलको बराबरी भएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो। खेलको दोस्रो हाफको २७औं मिनेटमा पुलिसका मानबहादुर परियारले सुरुआती अग्रता दिलाएका थिए। उनले हेड गरेको बल गोलरक्षक राजाबाबु थापाबाट रिबाउन्ड भएपछि पुन परियारले नै गोल गरेका थिए।

एक गोलले अग्रता लिएको पुलिस अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। खेल ८७औं मिनेटमा संकटाका विदेशी खेलाडी फोफोना फोडेले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

बिहीबारको अन्तिम सेमिफाइनलमा साबिक विजेता त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.