पुलिसलाई मेचीनगर गोल्डकपको उपाधि

पुलिसलाई मेचीनगर गोल्डकपको उपाधि

काँकडभिट्टा : सडनडेथमा भाग्यमानी बन्दै मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सडनडेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुको शरीरमा ठोक्किदै जाली चुमेपछि पुलिस भाग्यमानी ठहरिएको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि दुवै टोलीबाट ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको थियो। सडनडेथमा आर्मीका विकास तामाङको प्रहार आकासिएको थियो भने पुलिसका मानबादुर परियारको प्रहार पोस्टमा लागेर फर्किएको थियो। पोस्टमा लागेर फर्किएको बल गोलरक्षक कुथुको शरीरमा ठोक्किँदै गोल भएको थियो।

परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो। टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथुले विफल पारेका थिए। आर्मीका नवयुग श्रेष्ठको प्रहार आकासिएको थियो भने जर्जप्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे। आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो। खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक खड्का घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताको विजेता पुलिसले १० लाख एक हजार रुपैयाँ प्राप्त गर्‍यो। यस्तै उपविजेता आर्मीले पाँच लाख एक हजारमा चित्त बुझायो। हालै सम्पन्न आठांै राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आर्मीले पुलिसलाई हराउँदै स्वर्ण पदक जितेको थियो। यस्तै गत वर्ष भएको तेस्रो मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमै पाखा लगाएको थियो। उपाधिसँगै पुलिसले आर्मीसँग विगतमा भोगेको हारको बदला समेत लिएको छ।

प्रतियोगिताको राइजिङ प्लेयर काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, गोलरक्षक नेपाल पुलिसका शत्रुघन चौधरी, डिफेन्स पुलिसका आषिश गुरुङ, मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा घोषित भए। उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका रवि पासवान घोषित भए। उनले एक लाख एक हजार रुपैयाँ पुरस्कार पाए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.