फेवा शिरानको खहरेखोलामा पुल शिलान्यास

फेवा शिरानको खहरेखोलामा पुल शिलान्यास

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २३ ठूला खेतको खहरे खोलामा पुल शिलान्यास भएपछि नाच गान गर्दै स्थानीयले खुशियाली मनाएका छन्। गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले ठूलाखेत स्थित खहरे खोलामा सोमबार पुलको शिलान्यास गर्दा स्थानीयले बाजागाजा सहित नाचगान गरेर खुशियाली मनाएका हुन्।

पुलको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयतापछि जनताले घर घरमा सरकारको भएको अनुभूति गर्न पाएको बताए।  

यसअघि बनेको सरकारले खहरे खोला संरक्षण गर्न पहल नगरेकोले त्यसलाई पूरा गर्न प्रदेश सरकार आएको उनले बताए। खहरे खोलामा बन्न लागेको पुल प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा निर्माण हुन लागेको हो। पुल निर्माणका जिम्मा निलगिरी कन्स्ट्रक्सनले पाएको छ। 

९० दशमलब ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ। पुल ९ मिटर फराकिलो हुनेछ। कास्की, पर्वत र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक पर्यटनको क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्न लागेको हो। पुल निर्माणपछि पर्यटकी क्षेत्र पञ्चासे, पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिकले वर्षायाममा पनि यातायात सुविधा पाउने छन्। हल्लनचोक, पामे, ठूलाखेत, घाँटीछिना सडक खण्ड अन्तर्गत पोखरा–२३ र २४ जोड्ने गरी खहरेखोलामा पुल बन्ने छ। 

भौगोलिक अवस्थाको कारण बक्सब्रीज आकारमा मल्टीसेल बक्सको डिजाइनमा पुल निर्माण गरिने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख इन्जिनियर नारायण बरालले जानकारी दिए। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेले पुलन निर्माणपछि स्थानीयको जीवनस्तरमा सुविधा हुनुको साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍यानसमेत सहज हुने विश्वास गरे।  

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.