प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम जाँदै

प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २६ गते भियतना भ्रमणमा जाने भएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडिया भ्रमणबारे जानकारी गराएका हुन्। 

वैशाख २६ गते भियतनाम जाने प्रधानमन्त्री ओली कम्बोडियाको समेत भ्रमणसकेर जेठ १ गते स्वदेश फर्किने छन्। परराष्ट्र मन्त्रालयका अनुसार ओलीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार, सांसद्, सरकारका उच्च अधिकारी, स्थानीय तहका प्रतिनिधिसँगै केही पत्रकार सहभागी हुँदैछन्। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पर्यटन र विविध पक्षमा छलफल गर्ने बताइएको छ। 

ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भियतनाममा मे १२ अर्थात् वैशाख २९ गते वैशाखी-डे मनाउछ। सोही दिन अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यहाँ प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। 

उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति, मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्च पदाधिकारी सहभागी हुँदैछन्। 

कम्बोडियाको प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। ‘कम्बोडियासँग पनि द्विपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिनेछ, भट्टराईले भने,‘पछिल्लो समय कम्बोडियाले पर्यटनको विकासमा चमत्कार नै गरेको छ। 
  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.