चित्र कोर्दा आकारबाट सुरु गर्नुपर्छ

चित्र कोर्दा आकारबाट सुरु गर्नुपर्छ

  • प्रमिला वज्राचार्य

आफ्नो मनमा लागेका भावनालाई अभिव्यक्त गर्ने कला नै चित्रकला हो। विद्यार्थीलाई चित्रकला सिकाउँदा उनीहरूको उमेर समूहअनुसार सिकाइने गरिन्छ। एकदमै साना बालबालिकालाई ठूलो विषयमा चित्र बनाउन लगाएर हुँदैन। भर्खरै २ कक्षामा पढ्ने बच्चालाई पहिले विभिन्न आकार देखाएर चित्र बनाउन सिकाउन सकिन्छ। जस्तै गोलाकार बनाएर त्यसबाट उनीहरूले विभिन्न फूलहरू बनाउन सिक्न सक्छन्। त्यसैगरी रेक्ट्यांगल आकारबाट टेबुल बनाउन सक्छन्। ट्र्यांगल, ओभल लगायतका आकारबाट पनि विद्यार्थीले विभिन्न चित्र बनाउन सिक्छन्।

यसरी विद्यार्थीलाई चित्र कोर्न सिकाएपछि उनीहरूलाई रङ लगाउने तरिका सिकाउनु पर्छ। पहिले उनीहरूलाई एउटा विषय दिएर चित्र कोर्न लगाइन्छ। कसैले आफ्नो गाउँघर बनाउँछन् त कसैले आफू घुमेको ठाउँ बनाउँछन्। कसैले भने आफ्नो कल्पनाअनुसारको विषयलाई चित्रमा उतार्छन्। अब यी चित्रमा बिस्तारै रङ कसरी लगाउने भन्नेबारे सिकाइन्छ। रङ लगाउँदा यसमा रङको सम्मिश्रण कसरी गर्ने भनेर पनि बालबालिकालाई सिकाइन्छ। ३ कक्षादेखि माथिका बच्चालाई ड्रइङलाई कसरी सेडिङ गर्ने भनेर सिकाइन्छ।

उनीहरूका अगाडि विभिन्न फल राखिएको हुन्छ। ती फलमा कसरी सेडिङ गर्ने भन्दै उनीहरूलाई पहिले फस्ट टोन, सेकेन्ड टोन, थर्ड टोन गर्दै रङ बढाएर लैजान सिकाइन्छ। ६ देखि ८ कक्षासम्मका विद्यार्थीले चित्र बनाउन र रङ लगाउन धेरै जानिसकेका हुन्छन्।

उनीहरू त मुहार चित्रहरू नै बनाउन सक्ने भइसकेका हुन्छन्। त्यसैले पहिले एउटा ओभल आकार बनाउन लगाउने र त्यसमा तीनवटा लाइन बनाएर कहाँ आँखा, कहाँ नाक आदि राख्ने भनेर सिकाउने।

विद्यार्थीले कति सिके भन्ने कुरा बुझ्न बेलाबेलामा उनीहरूको परीक्षा लिने गर्नुपर्छ। उनीहरूले कति सिके, त्यहीअनुसार आगामी कक्षाको तयारी गर्न सजिलो हुन्छ। चित्र कोर्दा वा स्केच बनाउँदा विशेषगरी २ बी, ४ बी, ६ बीका पेन्सिल प्रयोग गरिन्छ। यी पेन्सिलले लाइटदेखि डार्कसम्मको सेडिङ गर्न मिल्छ।

सुरुमा त चित्र बनाएपछि साधारण तरिकाले उनीहरूले रङ लगाउन सिक्छन्। धेरै साना बालबालिकाले क्रेयोन कलर प्रयोग गर्छन् भने अलि ठूलाले पेन्सिल कलर प्रयोग गर्छन्। त्यसैगरी कक्षा बढ्दै जाँदा धेरै विद्यार्थी पानी रङ र पोस्टर रङमा पनि खेल्न रुचाउँछन्। कहिलेकाहीँ त कक्षा ६ मा पढ्ने विद्यार्थीले पनि क्यानभास लिएर एक्रेलिक रङ लगाउन मन पराउँछन्।

विद्यार्थीले बनाएका कुनै एउटा फलको चित्रमा एउटै मात्र रङ लगाएर हुँदैन। उदाहरणका लागि मेवाको चित्रमा रङ लगाउँदा यसमा पहेँलो बाहेक हरियो र सुन्तला रङ पनि लगाउनुपर्छ। उनीहरूका अगाडि स्याउ राखिदिएको छ र विद्यार्थीले स्याउ बनाएर त्यसमा रङ लगाउन लागे भने रातो मात्र लगाएर पुग्दैन। रातोसँगै हरियो, पहेँलो लगायतका रङलाई कसरी मिलाएर लगाउने भन्नेबारे पनि शिक्षकले सिकाउनु जरुरी हुन्छ।

बालबालिका धेरै सिर्जनशील हुन्छन्। त्यसैले उनीहरूलाई सातामा एक दिन आफूलाई मन लागेका चित्रकला कोर्ने मौका दिनुपर्छ। आफूलाई जे मन लाग्छ त्यही गर भन्दा उनीहरूले मन लागेको रङ पोत्दा पनि निकै राम्रो रङ निस्कन्छ र सुन्दर अमूर्त चित्र सिर्जना हुन पुग्छ।

(वज्राचार्य काष्ठमण्डप आर्ट स्टुडियोको हरिहरभवनस्थित आर्ट कक्षाकी शिक्षिका हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.