पाकिस्तानको पुरानो मस्जिदमा बम बिस्फोट, चार जनाको मृत्यु
लाहोर : पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ। मस्जिदभित्र महिलाहरू प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ। यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो। उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो।
इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन्। पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो।
स्थानीय प्रहरी अधिकारी मुहम्मद काशिफले घटनाको प्रकृति हेर्दा आत्मघाती आक्रमण देखिएको बताए। उनले प्रहरीको सवारीमाथि लक्षित गरी आक्रमण भएको पनि जानकारी दिए।
हेर्नुस् एपी तथा एएफपीबाट प्राप्त फोटोहरूः