एकसाथ राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक सेवानिवृत्त
काठमाडौं : नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक एकसाथ सेवानिवृत्त भएका छन्। ३० वर्षे सेवाअवधिसँगै ५ कार्यकारी निर्देशक सेवानिवृत्त भएपछि अब राष्ट्र बैंकमा दर्जन कार्यकारी निर्देशक बाँकी छन्।
हरेक विभाग र बैंकिङ कार्यालयलाई कार्यकारी निर्देशकले नेतृत्व गर्ने व्यवस्था छ। कार्यकारी निर्देशकको पदपूर्ति बढुवामार्फत् केही विभाग निमित्तको मातहतमा जानेछ।
उनीहरु औपचारिक रुपमा एक महिनापछि राष्ट्र बैंकबाट सेवानिवृत्त भएपनि बुधबार अन्तिम कार्यालय दिन हो।
सेवानिवृत्त हुने कार्यकारी निर्देशकमा राष्ट्र ऋण विभागका नरबहादुर थापा, विदेशी विनिमय व्यवस्थापन विभागका भीष्मराज ढुंगाना, बैंकिङ कार्यालयका झलकप्रसाद आचार्य र बैंक तथा वित्तीय संस्था नियमन विभागका नारायणप्रसाद पौडेल रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।