‘साउथ चाइना सी’मा अमेरिका र भारतको सैन्य अभ्यास

‘साउथ चाइना सी’मा अमेरिका र भारतको सैन्य अभ्यास

एजेन्सी

टोक्यो : अमेरिका, जापान, भारत र फिलिपिन्सले दक्षिण चीन समुद्रमा संयुक्त सैन्य अभ्यास गरेका छन्। सातदिने सैन्य अभ्यासले त्यस जलक्षेत्रमा चिनियाँ प्रभुत्वलाई चुनौती दिएको सुरक्षाविद्को धारणा छ।

संयुक्त अभ्यासमा एउटा अमेरिकी मिसाइल डेस्ट्र्योयर, एउटा बमवर्र्षक विमानवाहक जापानी युद्धपोत, दुई भारतीय युद्धपोत र फिलिपिन्सको सामुद्रिक गस्ती जहाज सहभागी थिए। अमेरिकी जलसेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा संयुक्त सैन्य अभ्यास चीनले दाबी गर्दै आएको समुद्री क्षेत्रमा गरिएको छ।

दक्षिण चीन जल क्षेत्रमा यस्ता संयुक्त अभ्यास यसअघि पनि गरिँदै आएका थिए। तर यसपल्ट अमेरिका, जापान, भारत र फिलिपिन्स चार देशको संयुक्त अभ्यासले भने चीनलाई दक्षिण चीन समुद्रमा ठाडै चुनौती दिएको मानिएको छ। यतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ वस्तुमाथि आयात शुल्क बढाउने चेतावनी दिइरहेका छन्। समस्या सुल्झाउन दुवै देशबीच व्यापार वार्ता पनि भइरहेको छ।

‘संयुक्त सैन्य अभ्यास अमेरिकाका लागि यस क्षेत्रका हाम्रा सहयोगी, साझेदार र मित्रबीच सम्बन्ध सुदृढ पार्ने सुअवसर हो’, अमेरिकी डेस्ट्र्योयर यूएसएस विलियम पी लरेन्सका कमान्डर क्याप्टेन एन्ड्र्यू जे क्लगले अमेरिकी जलसेनाका तर्फबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एक साताको सैन्य अभ्यास बुधबार सकिएको छ।

जापानले आफूसँग भएका सबैभन्दा ठूला दुईमध्ये एउटा बमवर्षक विमानवाहक युद्धपोत इजुमो अभ्यासमा पठाएको थियो। भारतको एउटा ट्यांकर आइएनएस शक्ति र एउटा डेस्ट्र्योयर युद्धपोत आइएनएस कोलकाता अभ्यासमा सहभागी थिए।

चीनले स्वामित्व दाबी गरेका दुई टापुको छेउबाट दुई अमेरिकी युद्धपोत ओहोरदोहोर गरेलगत्तै यी चार देशले सैन्य अभ्यास गरेका छन्। अमेरिकी युद्धपोतहरू ताइवान र चीनको बीचबाट यात्रा गरेलगत्तै चीनले गएको सोमबार ती दुई टापुको स्वामित्व दाबी गरेको थियो। उसले आफ्नो जलसीमाभित्र अनधिकृत प्रवेश गरेर अमेरिकी युद्धपोतले अन्तर्राष्ट्रिय कानुन र आफ्नो सार्वभौमसत्ताको ठाडो उल्लंघन गरेको आरोप लगाउँदै आपत्ति जनाएको थियो।

उता अमेरिकी जलसेनाले विश्वभरि नै अन्तर्राष्ट्रिय जलक्षेत्रमा सबैले स्वतन्त्रतापूर्वक आवागमन गर्न पाउनुपर्ने र त्यसैअनुसार आफ्ना युद्धपोतले दक्षिण चीन समुद्रको बाटो हुँदै यात्रा गरेको दाबी गरेको छ।

चीनले सामरिक दृष्टिबाट अत्यन्त महत्वपूर्ण लगभग पूरै दक्षिण चीन समुद्र आफ्नो जलसीमाभित्र पर्ने दाबी गर्दै आएको छ। चीनको दाबीले त्यस क्षेत्रका ब्रुनाई, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामसँग जलसीमा विवाद हुँदै आएको छ। त्यस जलक्षेत्रमा अमेरिका, जापान र भारतले भने कुनै दाबी गरेका छैनन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.