झोङ गुफामा महोत्सव

झोङ गुफामा महोत्सव

पोखरा : हिमालपारिको जिल्ला मुस्ताङमा रहेको तीन हजार वर्ष पुरानो ऐतिहासिक झोङ गुफामा महोत्सव आयोजना गरिने भएको छ। चट्टान खोपेर बनाइएको ५ तले झोङ गुफामा लोमान्थाङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र, इलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा पहिलो पटक महोत्सव हुन लागेको हो। गुफामा ४४ कोठा छन्।

‘गुफामै बसौं, गुफामैं खाउँ, गुफामै रमाउँ’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा स्थानीय उत्पादन आलु, उवा, फापरबाट बनेका परिकार सहभागीलाई चखाइने लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल अर्यालले जानकारी दिए। महोत्सवमा स्थानीय भेषभुषा प्रदर्शन, परम्परागत घोडादौड, तिर हान्ने प्रतियोगिता पनि आयोजना हुने कार्यक्रम छ। त्यस्तै कृषि, हस्तकला, खानाका साथै स्थानीय उत्पादन समेटिएका १७ वटा स्टल राखिने भएको छ।

महोत्सव जेठ १६ देखि १९ गतेसम्म सञ्चालन चल्ने छ। शत्रुबाट हुने आक्रमणबाट आफ्नो मान्छेलाई बचाउन त्यसबेला सो गुफा निर्माण गरिएको स्थानीय बुढापाकाको भनाइ छ। गुफा तीनहजार वर्षअघि बनेको विश्वास गरिए पनि कुन समयमा बनेको हो भन्ने तथ्य अझै फेला नपरेको गण्डकी प्रदेस सांसद इन्द्रधारा विष्ठले बताए। स्थानीयको आर्थिक उन्नतीका लागि लोमान्थाङमा धेरै आन्तरिक तथा वाह्य पर्यटक भिœयाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिने लागेको हो।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेको र लोमान्थाङमा पहिलो पटक महोत्सव हुन लागेकाले आन्तरिक पर्यटकको आगमन बढ्ने आयोजक संस्थाले विश्वास लिएको छ। प्राचिन गुम्बा, दरबार, बस्ती, मानव निर्मित गुफा, स्थानीय मौलिक संस्कृति आदि पर्यटकका लागि खास आकर्षण मानिएका छन्। लोमान्थाङ मुस्ताङको कागबेनीबाट कालीगण्डकी हुँदै जान सकिन्छ। अर्धनिषेधित क्षेत्र लोमान्थाङ घुम्न विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा लाग्ने शुल्कभन्दा अन्य थप शुल्क पनि लिइने गरेको छ।

महोत्सवका लागि १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा २ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकले विश्वास लिएको छ। महोत्सव सफलताका साथ सम्पन्न गर्न गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.