हुवावे प्रयोगकर्तालाई १० प्रश्नको जवाफ

हुवावे प्रयोगकर्तालाई १० प्रश्नको जवाफ

के यसले हुवावेको अहिलेको बिक्रीमा असर पार्छ ?

हुवावेले भविष्यमा पनि निरन्तर सेक्यूरिटी अपडेट्स र बिक्रीपछिको सेवाहरू सबै हुवावे र अनर स्मार्टफोन तथा ट्याबलेटमा उपलब्ध गराउनेछ। विश्वभर यस्ता उत्पादन अहिले बिक्री भइसकेका तथा बिक्री हुन बाँकी स्टकमा रहेका सबैमा अपडेट दिनेछ।

के गुगलसँगको व्यवसाय निलम्बनले हुवावेको चीनमा भएको व्यवसायलाई असर पार्नेछ ?

पार्दैन।

हुवावे फोनहरूमा प्रयोगकर्ताले गुगलका सेवाहरू गुगल प्ले, जीमेललगायत निरन्तर प्रयोग गर्न पाउनेछन् ?

यी उत्पादनहरू यसअघि नै बिक्री भइसकेका र हाल बिक्री भइरहेका तथा स्टकमा रहेकाहरूमा कुनै प्रभाव पर्ने छैन। यसको प्रयोग यसअघि जस्तै सामान्य रूपमा गर्न सकिने छ।

४. के हुवावे फोनहरूले एन्ड्रोइड अपडेट्स प्राप्त गर्न सक्षम हुनेछन् ?

कम्पनीले हुवावे ईएमयूआईका लागि निरन्तर अपडेटस् उपलब्ध गराउने छ।

प्रयोगकर्ताले आफ्नो गुगल एप्स अझै अपडेट गर्न सक्नेछन् ?

सक्नेछन्।

के हुवावे फोनले एन्ड्रोइड क्यू सपोर्ट प्राप्त गर्छन् ?

 यसबारेमा थप जानकारी आगामी दिनमा हुने सिस्टम अपग्रेड नोटिफिकेसनमार्फत कम्पनीले उपलब्ध गराउने छ।

के प्रयोगकर्ताले गुगलको भन्दा बाहिरका अन्य एप्स अपडेट गर्न सक्नेछन् ?

सक्नेछन्, गुगल बाहेकका एप्सहरू यसबाट कुनै प्रभावित हुने छैन।

हुवावे स्मार्टफोनले गुगल सेक्यूरिटी प्याचहरू प्राप्त गर्न सक्छन् ?

प्राप्त गर्न सक्नेछन्।

यदि प्रयोगकर्ताले आफ्नो हुवावे फोन फ्याक्ट्री सेटिङमा रिसेट गरे भने, के तिनीहरूले गुगलका सेवाहरू भविष्यमा प्रयोग गर्न समस्या आउँछ ?

 हुँदैन, यसले कुनै असर पार्ने छैन।

के हुवावेका उत्पादन जुन अहिले लञ्च भएका छैनन्, ती प्रभावित हुनेछन् ?

हुवावेले भविष्यमा पनि निरन्तर सेक्युरिटी अपडेट्स र बिक्रीपछिको सेवाहरू सबै हुवावे र अनर स्मार्टफोन तथा ट्याबलेटमा उपलब्ध गराउने छ। विश्वभर यस्ता उत्पादन अहिले बिक्री भइसकेका तथा बिक्री हुन बाँकी स्टकमा रहेका सबैमा अपडेट दिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.