सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छ : कांग्रेस नेता खड्का

सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छ : कांग्रेस नेता खड्का

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ स्वागतयोग्य भन्दै अझै बढाएर १० करोड पुर्याउनुपर्ने जिकिर गरे ।

‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ,’ नेता खड्काले भने । अमेरिका, भारतलगायत देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको बताएका थिए ।

रिपोर्टर्स क्लबको एक कार्यक्रममा कांग्रेस नेता खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् । लोकप्रियताको लागि सांसदलाई ६ करोड रकम दिने निर्णयको विरोध गर्नुको औचित्य नरहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन । संघीयतालाई बलियो बनाउन पनि यो आवश्यक छ ।’ नयाँ बजेटमा सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्बको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे । पूँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा खड्काले गुनासो पोखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.