जापानबाट बिदामा घर आएका युवकको दुर्घटनामा मृत्यु

जापानबाट बिदामा घर आएका युवकको दुर्घटनामा मृत्यु

बागलुङ : जापानबाट बिदामा घर आएका एक युवकको दुर्घटनामा मृत्यु भएको छ। गलकोट नगरपालिका ४ को भेडीखाल्टामा ध १ ज ५१३ नम्बरको ट्याक्सी दुर्घटना हुँदा मनबहादुर खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते खत्रीलाई उपचारका लागि पोखरा लार्दै गर्दा बाटोमै मृत्यु भएको हो। रोजगारीको सिलसिलामा केही वर्षदेखी जापानमा बस्दै आएका खत्री मे १ तारिखमा कुल पूजामा सहभागी हुन घर फर्किएका थिए। खत्री जापान जानु अघि जिल्लाको गलकोटस्थित रेडियो गलकोटमा कार्यक्रम संयोजक थिए।

दुर्घटनामा घाइते सवारी धनी तथा चालक हुमबहादुर कुँवर र मृतकका भान्जा आयुष कार्कीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरीक्षक ऋणबहादुर बैदवारले जनकारी दिए।

नुवाकोटतर्फ जाँदै गरेको ट्याक्सी रातको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ट्याक्सी सडकदेखि १५ मिटर तल खसेको थियो।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.