उफ ! गर्मी

उफ ! गर्मी

त्रिचन्द्र प्रतीक्षा। भाइबहिनीहरू ! गर्मी मौसममा चल्ने तातो हावाले बर्सेनि धेरैलाई सताउँछ। नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्जलगायत पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा (लु) चल्ने गर्दछ। बर्सेनि ‘लु’का कारण त्यहाँको जनजीवनमा असर मात्र पर्ने होइन कि मानिसको मृत्यु समेत हुने गर्छ।

करिब एक महिना अगाडि, वैशाख २६ गतेको दिन नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको नेपालगन्ज शाखा कार्यालयका जनाएको थियो। विश्वमै यस्तो तातो हावाले मर्नेको संख्या अन्य हुरी, चट्याङ, बाढी र पहिरो सबै जोड्दासमेत धेरै हुने गर्छ।

‘लु’ के हो र कसरी लाग्छ ?

नियमितभन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागेजस्तै अत्याधिक गर्मीले लु लाग्छ) सम्भावना हुन्छ। लु लागेर मानिस तत्कालै मर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ। तराईका केही क्षेत्रमा गर्मी बढी हुने स्थानमा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ।

अत्यधिक गर्मी हुने स्थानहरूमा गर्मी मौसमामा तातो बतास चलेको हुन्छ। यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ। हिट् स्ट्रोक (लु) भएमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ।

गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी–नुनको कमी गराउँछ। यसैकारण मानिसलाई डिहाइड्रेसन पनि हुन सक्छ। हिट् स्ट्रोकको कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छट्पटाउने आदि हुने हुन्छन्।

सहरमा होस् वा बाहिरी क्षेत्र गर्मीका दिन त्यसै अत्यासलाग्दा हुन्छन्। सहरमा दिनभर सडक, गल्ली, घर तथा पार्किङ गर्ने स्थान र ठूलठूला भवनले सूर्यको तातो सोसेर लिन्छन्। हावाले पनि तातो सोसेर लिन्छ। सूर्यास्तपछि ती सबैले हावामा ताप फ्याँक्न थाल्छन्। उक्त तापले माटो र हरियालीबाट पानीलाई बाफ बनाएर उडाउँछ। जमिन पनि केही तात्छ। अनि साँझ परेपछि तातो हावामा फैलन्छ। यसरी दिउँसोको सूर्यको तापले राति झनै गर्मी हुन्छ।

‘लु’ बाट कसरी बच्ने वा कम गर्ने ?

एयरकन्डिसन चलाउँदा घर भित्र चिसो बनाउन सकिन्छ। हामी नेपालीको घरघरमा यस्तो मेसिन राख्ने क्षमता धेरैमा हुँदैन। तर घरलाई नै कम तातो बनाइराख्ने हो भने एयरकन्डिसनको जरुरत पर्दैन। यसका लागि निम्न उपाय लगाउन सकिन्छ।

घामको तापलाई रोक्ने : दिउँसो झ्याल लगाउने, पर्दा पनि लगाउनु पर्दछ। यसबाट घर तात्न पाउँदैन र ५० प्रतिशत तापबाट बच्न सकिन्छ।

पंखा : पंखाको प्रयोग गर्नु पर्दछ। यसबाट पनि तातो हावाबाट बच्न सकिन्छ।

चिसो हाई, तातो बाई : राति घरको तल्लो तलाको झ्याल एक वा दुई इन्च खोलिदिनु पर्छ। यो सानो ठाउँबाट चिसो हावा भित्र छिर्छ भने माथिल्लो तलाका झ्याबाट तातो हावा बाहिर फ्याँक्ने पंखा राख्नु राम्रो हुन्छ।

निकै गर्मी भए यसो गर्ने

- कस्सिएको लुगा लगाउनु हुन्न। सक्दो पातलो, हलुंगो र उज्यालो रङका लुगा लगाउनु पर्दछ।

- प्रशस्त मात्रामा पानी पिउनु पर्छ। सकिन्छ भने फलफूलका रस पिउँदा अझ राम्रो हुन्छ।

- क्याफिन भएका पेय पदार्थ कफी, चिया सकभर पिउन हुँदैन।

- एयरकन्डिसन वा पंखा नभएमा, घरको तल्लो तलाका चिसो ठाउँमा बस्नु राम्रो हुन्छ।

- बढी नुन, चिनी भएका खानेकुरा कम खानु पर्छ।

- खानामा प्याजलाई अत्याधिक मात्रामा प्रयोग गर्नु पर्दछ।

- हिँड्दा सानो टुक्रा प्याजसँगै लिएर हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.