गर्भवतीका घरमै एम्बुलेन्ससहित स्वास्थ्यकर्मी खटाउने गाउँपालिकाको निर्णय

गर्भवतीका घरमै एम्बुलेन्ससहित स्वास्थ्यकर्मी खटाउने गाउँपालिकाको निर्णय

तानसेन : पाल्पाको माथाँगढी गाउँपालिकाले गर्भवती महिलालाई घर–घरमा एम्वुलेन्स र स्वास्थ्यकर्मी खटाउने भएको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कार्यक्रम समावेश गरिएको छ। घरबाट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरसम्म गर्भवती महिलालाई एम्वुलेन्सबाट गाउँपालिकाले सेवा प्रदान गर्ने छ।

बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका जटिल गर्भवती महिलालाई तानसेनका अस्पतालसम्म गाउँपालिकाकै एम्वुलेन्सले पुर्‍याउने छ। गाउँपालिकाको स्वास्थ्य संस्थाबाट रिफर भएका सुत्केरी महिलाको लागि अस्पतालमा लाग्ने सम्पूर्ण खर्च पनि व्यहोर्ने छ।

गर्भवती भएको ७ महिना सुरु भएपछि विशेष चेकजाँचको लागि स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार घरमा परिचालन गरिने छ। गर्भवती महिलाको पहिचानको लागी झण्डा राख्ने, स्वास्थ्य चौकी तथा शाखाबाट दैनिक रुपमै गर्भवती तथा सुत्केरी महिलाको अवस्थाबारे जानकारी लिई समिक्षा गर्ने र अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षलाई जानकारी गराउने गरी कार्यक्रम स्वीकृत भएको छ।

आमा र बच्चाको जीवनलाई पूर्ण सुरक्षित बनाउदै माथाँगढीलाई स्वस्थ गाउँपालिका बनाउन कार्यक्रम स्वीकृत गरिएको अध्यक्ष सन्तोषकुमार थापाले बताए। यहाँ अझै पनि ३० प्रतिशत गर्भवती महिला घरमै सुत्केरी हुँदै आएका छन।

२ वर्षअघि जनप्रतिनिधिको रुपमा निर्वाचित हुँदा गर्भवती महिलाले घरमा बच्चा जन्माउने संख्या अत्यधिक थियो। गर्भवतीलाई स्वास्थ्य चौकीका बर्थिङ सेन्टर र अस्पतालसम्म पु¥याउन प्रोत्साहन रकम बाहेक थप २ हजार ५ सय रुपैयाँ सुत्केरी पोषणको लागि प्रदान गरेपछि घरमा बच्चा जन्माउने क्रम घट्दै गएको स्वास्थ्य शाखा प्रमुख यमबहादुर चिदीले बताए।

गुणस्तरीय सुत्केरी सेवा सञ्चालनको लागि ८ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने, ८ वटै स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन गर्ने, गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बिमामा सहभागी गराउने, विपन्न गरिब परिवारलाइ गाउँपालिकाले विमा गरिदिने कार्यक्रम गाउँसभबाट पारित भएको अध्यक्ष थापाले बताए। बिरामीको ल्याब टेष्ट, औषधीसमेत निःशुल्क गरिएको छ।

स्वास्थ्य चौकी तथा अस्पतालसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, अपांगको लागि घरमै स्वास्थ्यकर्मी पुगेर उपचार देखि औषधी वितरण गरिने कार्यक्रम स्वीकृत गरिएको छ। स्वास्थ्य क्षेत्रमा विगतमा वर्षमा कम बजेट विनियोजन गरेका यसवर्ष झण्डै १ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.