बाजुराको बडिमालिका साक्षर घोषणा

बाजुराको बडिमालिका साक्षर घोषणा

बाजुरा : बाजुरा जिल्ला सदरमुकाम रहेको बडिमालिका नगरपालिका साक्षर घोषणा भएको छ। नौवटा स्थानीय तह रहेको बाजुरा जिल्लामा चारवटा नगरपालिका रहेका छन्। 

चार नगरपालिका मध्ये बडिमालिका नगरपालिका पहिलो साक्षर घोषणा भएको हो। यसअघि खप्तड छेडेहद र गौमुल गाउपालिकामात्रै साक्षर घोषणा भएका छन्। नेपाल सरकारले ‘समृद्ध नेपाल खुशी नेपाली’ अभियान अन्तर्गत, साक्षर वर्ष २०७६ अभियानलाई सफल पार्न सोमबार एक कार्यक्रम गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको बडिमालिका नगरापालिकाका मेयर पदम बडुवालले बताए। 

नगरपालिकाले नगरपालिकाका सबै वडाको १५ देखि ६० वर्ष उमेरको जनसंख्याको तथ्यांक लिएर तीनलाई साक्षर बनाई, घोषणा गरिएको हो। त्यो उमेर समुहका नौ हजार छ सय ९५ जनसंख्या मध्ये ४ हजार ६ सय महिला साक्षर भए भने चार हजार आठ सय २० जना पुरुष पनि साक्षर भएका छन। 

नगरपालिकाभित्रको साक्षरता दर ९५.९८ प्रतिशत पुगेको छ। नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि १२ वटा सूचक निर्धारण गरेको छ। जसमा ६ वटा सूचक पुरा गरेमा गाउँ तथा नगर साक्षर घोषणा गर्न सकीने प्रावधान छ। सो सूचक नगरपालिकाले पुरा गरेको मेयर पदम बडुवालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.