तानसेनको भालेबासमा बस र मोटरसाइकल ठोक्किँदा दुई गम्भीर
तानसेन : आइतबार दिउँसो तानसेन नगरपालिका ८ भालेबासमा पोखराबाट बटवलतर्फ जाँदै गरेको ग १ ख ५५२६ न.को बस र विपरित दिशाबाट आउँदै गरेको लु १२ प ४७७९ न.को मोटर साइकल ठोकिदा २ जना घाइते भएका छन्।
घाइते हुनेमा बगनासकालि गाउँपालिका- ३ का २३ वर्षीय सुजन न्यौपाने र सत्वयवती गाउँपालिका- ६ का १८ वर्षीय कपिल भण्डारी घाइते भएका छन्। उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !