जंगलको माझमा तरह-तरहका मूर्ति (फोटोफिचर)

जंगलको माझमा तरह-तरहका मूर्ति (फोटोफिचर)

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी १० भाउन्नेको घना जंगलभित्र ढुंगामा कुँदिएका विभिन्न आकृतिका मूर्तिहरु राखिएका छन्।पहिलो पटक देख्ने जोकोही ती मूर्ति देखेर अचम्मित हुने गर्छन्।

राजमार्ग किनारको घना जंगल।नजिकै बस्ती पनि छैन।तर, यस्तो घनाजंगलभित्र कहाँबाट कसले मूर्ति ल्याएर राखेका होलान्? अथवा कसले बनाएको होला ती मूर्ति? यो प्रश्न देख्ने जो कोहीको मनमा उब्जिनु स्वभाविकै हो।

तर त्यहाँ राखिएका मूर्तिहरु ३० जना मूर्तिकारले कोरेका मूर्तिहरु हुन्। गत फागुनमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा ६ देशका ३० जना मूर्तिकारले कोरेका मूर्तिहरु हुन् ती। अहिले तीनै मूर्तिले आन्तरिक तथा बाह्य पर्यटकलाई कला संस्कृति र विश्व इतिहासको अध्ययन गर्ने मौका दिएको छ।यहाँको सृजना सामुदायिक वन क्षेत्रमा ५० वटा मूर्ति राखिएका छन्।

पैदल र निजी सवारीमा हिड्नले अहिले रोकिएर फोटो खिच्दै यस्तै प्रश्न गर्दै हिँड्छन्। तर, न त्यहाँ कतैबाट मूर्ति ल्याइएको हो, नत कतै लैजान राखिएको नै। जंगलको २१ हेक्टर क्षेत्रफलमा रहेको ठूला ढुंगामा कुँदिएका विश्व प्रशिद्ध व्यक्तिदेखि माछा र नेपाली संस्कृति झल्कने यि मूर्ति कुँदेको पाँच महिना मात्रै भएको छ। तर, यी मूर्तिमा मूर्तिकारले देखाएको कलाले छोटो समयमै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ। 

नेपाल, भारत, जापान, जर्मन, इटाली र बंगलादेशका कलाकारले आफ्ना नयाँ सृजना कुँदेर यहाँ छाडेका हुन्। अहिले तीनै मूर्तिले पर्यटक तान्न थालेपछि यस क्षेत्रलाई सिर्जना पार्क नामांकण गरी व्यवस्थित बनाउने काम स्थानीय तहले सुरु गरेको स्थानीय जनप्रतिनिधि बताउँछन्।

बेलबारी १० का वाडाध्यक्ष गंगा याक्खाले राम्रा राम्रा कला कृतिहरु निमार्ण गरिएकाले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णको थालनी गरेको बताए।

मूर्तिकला कार्यशाला यही जंगलमा गर्ने र पछि सुन्दर बगैचा निर्माण गर्ने उदेश्यले कार्यशाला सञ्चालन गर्न स्थानीय तहलेनै स्वीकृती दिए छ। सो पार्कमा जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मुर्तिकला विभागका प्रमुख लालकाजी लामा सहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मुर्तिहरु खोपेका हुन्।

जसमा ५ विदेशी र २५ स्वदेशी मूर्तिकारले बनाएका सुन्दर मूर्ति वनमा सजाइएका छन्। उनीहरुले ५० वटा मूर्ति १८ दिन लगाएर तयार पारेका थिए। वडाकार्यालयको सहकार्यमा सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा तयार पारी पुर्वकै नमुना पार्क निमाण गर्ने सोच लिएको वनका अध्यक्ष छत्र लिम्बूले बताए ।

करिब १ करोड ८४ लाखको लागतमा तयार भएको पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृती झल्कने खालको मूर्तिका साथ काल्पनिक मूर्ति र विश्व प्रशिद्ध व्यक्तिका मूर्ति कुँदेको पूर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख धनु याक्खाले बताए। पार्कमा आउने पर्यटकको मन लोभ्याउन सुन्दर आकृति तयार गरी पर्यटक माझ आफूहरुले छोडेको याक्खाको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.