तनहुँका किशोरमा डेंगु भेटियो

तनहुँका किशोरमा डेंगु भेटियो

दमौली  : तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ । ज्वरो बिरामी स्थानीय १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए ।

उनी शुक्रबार परीक्षणका लागि अस्पताल आएपछि पोखरा पठाइएको थियो । पोखरामा स्वास्थ्य परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण भेटिएको गौतमले बताए ।

दमौली अस्पतालमा भर्ना भएका ती किशोर पाँच दिनसम्म स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पोखरा पुगेका थिए । उनको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

 
 हाल अरुमा शंक्रमणको आशंका नगरिए पनि लामखुट्टेको टोकाईबाट फैलने संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने र सचेतनाका उपाय अपनाउने गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.