वैजनाथपुर रंगशाला अनियमितता छानबिनको माग

वैजनाथपुर रंगशाला अनियमितता छानबिनको माग

विराटनगर : विराटनगर–१९ मा रहेको क्षेत्रीय क्रिकेट रंगशालामा भएको अनियमितताको विषयले प्रदेशसभामा पनि स्थान पाएको छ। शुक्रबारको प्रदेश संसद् बैठकमा बोल्दै प्रदेश १ का सांसदले सरकारले रंगशालाको अनियमितताका विषयमा गम्भीर रूपमा छानबिन गर्नुपर्ने माग गरेका छन्।

सांसद नवोदिता चौधरीले बैठकमा शून्य समय लिएर बोल्दै विराटनगर–१९ वैजनाथपुरमा भएको अनियमितताको छानबिन गर्नुपर्ने माग गरेकी हुन्। उनले प्रदेश १ लाई समृद्ध बनाउने लक्ष्य रहेको सरकारले बताए पनि कामकारबाहीका क्रममा भएका भ्रष्टाचारले त्यसलाई अवरोध गर्न थालेकोसमेत बताइन्।

बैजनाथपुर रंगशालामा क्रिकेटको पिच निर्माण गर्न प्रदेशको सामाजिक मन्त्रालयले ४३ लाख बजेट छुट्ट्याएको थियो। उक्त बजेट जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिसँग जेठमा सम्झौता गरी क्रिकेटको पिच निर्माण गर्न हस्तान्तरण गरिएको थियो। क्रिकेट पिच निर्माण गर्ने भन्दै उपभोक्ता समितिले कामै नगरी २६ लाख रकम लिएको यसअघि सार्वजनिक भएको थियो। सांसद चौधरीले प्रस्ट देखिने गरी भ्रष्टाचार हुँदा पनि सरकारले चासो नदिएको आरोपसमेत लगाइन्।

सांसद प्रतापप्रकाश हाङ्माङले भ्रष्टाचार भएको देखिए पनि लामो समयसम्म प्रदेश सरकार चुप बस्नु गम्भीर भएको बताए। उनले समयमा यस विषयमा छानबिन गरी सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए। उपभोक्ता समितिले क्रिकेटको पिच निर्माण गरिसकेको बिल भरपाई पेस गरेर २६ लाख भुक्तानी लिइसकेको छ तर रंगशालामा क्रिकेटको पिच निर्माण गर्ने भन्दै खनिएको खाल्डोबाहेक अन्य कुनै काम सो स्थानमा भएको छैन।

क्षेत्रीय रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच बनाउन ८५ लाख रुपैयाँ बजेट निकासा दिएको थियो। त्यसमध्ये पिच निर्माणका लागि ४३ लाख रुपैयाँ र पिच रोलरलगायत अन्य उपकरण खरिदमा ४२ लाख रुपैयाँ विनियोजन भएको थियो। पिच रोलर, म्याट, ग्रास कटरलगायत उपकरण खरिद गरिएको छ। सामाजिक विकास मन्त्रालयले खेलकुदको बजेट कार्यान्वयन गर्ने कार्यालय नभएको भन्दै पिच निर्माणको रकम जिल्ला स्वास्थ्य कार्यालयमा निकासा पठाएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको थियो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा उक्त रंगशालामा दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर बनाइएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच भत्काएर खाल्डो बनाइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.