अरिङ्गालको टोकाइबाट मृत्यु
पाल्पा : पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका- १२ बौघापोखराथोकका २१ वर्षीय हेमु राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए।
घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका राना अरिङ्गालले टोकेर घाइते भएका थिए। उनको मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक जिसीले बताए।
प्रतिक्रिया दिनुहोस !