सँगै पढ्ने साथीको मृत्युको खबरले १० जना बिरामी

सँगै पढ्ने साथीको मृत्युको खबरले १० जना बिरामी

पाल्पा :  रम्भा गाउँपालिका-५ ताहु रम्भा माध्यमिक विद्यालयमा अध्यनरत १ जना विद्यार्थीको बेहोस भएर मृत्यु भएको छ। पूर्वखोला गाउँपालिका- ६ हेकलाङकी कक्षा १० की छात्रा १५ वर्षीया कमला फालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बेहोस भएको खबर सुनेवित्तिकै सँगै पढ्ने अरु १० जना विद्यार्थी बिरामी परेका छन्।

विद्यालयमा दैनिकरुपमा  बिहान ८ बजेदेखि १० बजेसम्म संचालन हुँदै आएको कोचिङ कक्षाका लागि आउँदै गर्दा कमला बाटोमा बेहोस भएकी थिइन्। तत्कालै प्रधानाध्यापक तुल्सी अर्यालसहितको टोली घटनास्थल पुगी उनलाई प्राथमिक उपचार केन्द्रमा पुर्‍याएका थिए।

बेहोस भएकी छात्रा फालको अवस्था गम्भीर देखिएपछि अक्सिनजनको व्यवस्था गरी लुम्वबनी मेडिकल कलेज रिफर गरिएको थियो । छात्रा अस्पतालमा पुर्‍याउने वित्तिकै मृत्यु भएको प्रधानाध्यापक अर्यालले बताए। 

आफ्नो साथी बेहोस भएर मृत्युको खबर सुनेपछि अतिरिक्त कक्षा पढ्न आएका अन्य विद्यार्थीमा काम्ने, रुने र कराउने समस्या देखिएको प्राथमिक उपचार केन्द्रमा कार्यरत चिकित्सक विपना कुवँरले जानकारी दिइन्।

मास हिस्टेरियाको कारण अन्य विद्यार्थी बिरामी परेको हुनसक्ने चिकित्सक कुवँरले बताइन्। गम्भीर अवस्थामा रहेकी फालको उपचारका लागि तानसेन ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले पुष्टि गरे। 

अन्य ८ जना छात्रा र १ जना छात्रको ताँहु प्राथमिक उपचार केन्द्र ताँहु र १ छात्र र १ छात्राको तानसेन मिशन अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै विधार्थीको अवस्था सामान्य रहेको छ।  

मृतक फाल बेहोस हुने समस्या देखिएपछि उनी विद्यालय नजिकै डेरा गरेर बस्दै आएकी थिइन्।छात्राको मृत्युले आफू दुखित भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.