नेताले विदेशी वाइन खान हुने महिलाले रमाइलो गर्न नहुने ?

नेताले विदेशी वाइन खान हुने महिलाले रमाइलो गर्न नहुने ?

दमौली : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले तीज पर्वलाई भड्किलो नबनाउन भन्दै प्रशासनहरुले जारी गरेको आदेशको विरोध गरेकी छिन् । नेपाल प्रेस युनियन तनहुँद्वारा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा प्रशासनले तीजमा नियन्त्रण गरेर धर्म संस्कृतिमाथि नै आक्रमण गरेको बताएकी हुन् ।

‘सरकारले धर्म, संस्कृतिमाथि आक्रमण गरेको छ,’ उनले भनिन्,‘आफैँ पैसा उठाएर दिँदा केको आपत्ति ?’ नेताहरुले प्यासिफिक सम्मेलनका क्रममा विदेशी वाइन खाने तर नेपाली धर्म र संस्कृतिमाथि भने आक्रमण गर्ने गलत काम भएको जिकिर गरिन् । 

‘अहिलेसम्म कसैले बन्देज गरेको थिएन,’ उनले भनिन्,‘यो महिलामाथिको बन्देज हो ।’ । महिला शुरक्षित नभएको तर त्यो रोक्न सरकारले नसकेको भन्दै उनले भनिन्,‘तीजमा नियन्त्रण मान्य छैन ।’ 

उनले मिडिया काउन्सिल, विद्युतीय कारोबार लगायतका विधेयक आएको भन्दै यसको उद्देश्य स्वतन्त्र प्रेसको कलम बन्द गर्नु भएको दाबी गरिन् । ‘प्रेसको कलम नियन्त्रण गर्ने गरी आउने विधेयकको हामी विरोध गर्छौं’, उनले भनिन् । 

उनले सरकारको कान र आँखा बन्द भएको आरोप पनि लगाएकी छन् । संसदमा कांग्रेसको भूमिका कमजोर भएको भन्ने आरोप गलत भएको जिकिर गर्दै उनले भनिन्,‘हामीले संसदमा कडा स्वरमा आवाज उठाइरहेका छौं । तर सरकारको कान र आँखा बन्द छ । उसले सुनेको छैन ।’ 

आफूहरुको आकार सानो भए पनि सरकारबाट भएका गलत क्रियाकलापहरुको निरन्तर विरोध गरेको भन्दै शान्ति सुरक्षा, शितल निवास प्रकरणजस्ता विषयमा निरन्तर आवाज उठिरहेको दाबी गरिन् ।

रवि लामिछाने समर्थकको आन्दोलनमा कांग्रेसको समर्थन रहेको भनाइमा उनले नागरिक आफैँ विरोधमा उत्रिएको बताइन् । ‘त्यो आन्दोलन सरकारमाथिको अविश्वास थियो,’ उनले भनिन्,‘सरकारले न्याय दिन्छ भन्ने विश्वास नलागेको भएर जनता सरकारविरुद्ध आफैँ उत्रिएका हुन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.