स्थायी शिक्षकको व्यथा, जिल्ला र केन्द्र धाउँदै बित्यो ५ महिना

स्थायी शिक्षकको व्यथा, जिल्ला र केन्द्र धाउँदै बित्यो ५ महिना

काठमाडौं : कास्कीका चेतनारायण लामिछाने गत जेठमा स्थायी शिक्षकमा छनोट भए। शिक्षक सेवा आयोगले लिएको परीक्षामा उनी संस्कृत भाषा विषयको शिक्षकमा छानिएका हुन्। आयोगले नतिजा प्रकाशन गरेको पनि पाँच महिना पूरा हुन लागिसकेको छ। तर, लामिछानेले अहिलेसम्म स्कुलमा हाजिर गर्न पाएका छैनन्। सँगै स्थायी भएका अन्य विषयका शिक्षकले तलब भत्तासमेत पाइसकेका छन्। उनी भने आफूले पढाउने स्कुल कुन हो भन्ने जान्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र धाएरै दिन बिताइरहेका छन्।

आयोगले स्थायी भएका शिक्षकको नाम त्यतिखेरै केन्द्रलाई सिफारिस गरेको थियो। सिफारिसका आधारमा केन्द्रले लामिछानेलाई कास्कीको चिसोखोला वेद विद्या   श्रममा हाजिर हुन पठाएको थियो। तर, उनलाई विषय नमिल्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले उक्त विद्यालयमा पठाउन नमिल्ने बतायो।

आफूलाई उक्त विद्यालयमा पढाउन कुनै समस्या नभएको र जुन विषय पनि पढाउन सक्ने लामिछानेले केन्द्रलाई बताएका थिए। तैपनि केन्द्रले उक्त विद्यालयमा पदस्थापना गराउन नमानेपछि लामिछाने केन्द्रमै फर्के। ‘संस्कृत भाषा भनिए पनि योभित्र विभिन्न विषय हुन्छन्। हामीलाई जुन विषय पढाउन पनि समस्या हुँदैन’, लामिछानेले भने।

कास्कीबाट फर्किएपछि उनी फेरि भक्तपुरको शिक्षा तथा मानव स्रोत विकास केन्द्र गए। विज्ञापन गर्दा पश्चिमाञ्चल विकास क्षेत्र भनिए पनि कास्कीलाई नै केन्द्रित गरिएको केन्द्रले जानकारी गरायो। तर शिक्षा मन्त्रालयका उच्च अधिकारीको दबाबमा लामिछानेलाइर्ए उक्त विद्यालयमा पदस्थापना गराउन नसकिएको स्रोतको भनाइ छ।

कास्कीमा पदस्थापना गराउन नसकेपछि लामिछानेलाई केन्द्रले दोस्रोपटक अर्घाखाँचीको हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा पदस्थापनाका लागि पठायो। यो स्कुल पाणिनी गाउँपालिकामा पर्छ। त्यहाँ गएपछि पनि पाणिनीले स्कुलमा रिक्त दरबन्दी नभएको भन्दै लामिछानेलाई जिल्ला नै फर्काइदियो।

जिल्लाले पनि काम गर्न नसक्ने बताएपछि उनलाई केन्द्र नै पठायो। अहिलेसम्म केन्द्रले कहाँ पठाउने भन्ने निक्र्योल गरेको छैन। उनको दैनिकी केन्द्रको महाशाखा तथा शाखा प्रमुखलाई भेटेर बित्ने गरेको छ। ‘केन्द्रका सरहरू पनि यही हुन्छ भनेर भन्न सक्नु हुन्न। स्थायी जागिरमा नाम निकाले पनि अहिले सडकमा भौतारिएर हिँड्नुपरेको छ’, लामिछानेले गुनासो गरे।

केन्द्रका प्रमुख बाबुराम पौडेलले विगतमा धेरै विद्यालयमा संस्कृत विषय हटेकोले लामिछानेलाई पदस्थापना गराउन अप्ठ्यारो भएको बताए। ‘क्षेत्र परिवर्तन गरेरै भएपनि उनलाई विषय मिल्ने विद्यालयबारे अध्ययन भइरहेको छ’, पौडेलले भने।

आयोगले उक्त क्षेत्रबाट संस्कृत भाषासम्बन्धी विषयका लागि महिला र पुरुषका लागि दुई कोटामा विज्ञापन गरेको थियो। तर महिलाको आवेदन नपरेपछि लामिछानेले मात्र परीक्षा दिएका थिए। आयोगले गत जेठमा माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.