जहाँ चिच्याएर वर मागिन्छ

जहाँ चिच्याएर वर मागिन्छ

पाल्पा : प्रायजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशिरवाद माग्ने गरिन्छ।तर पाल्पाको एक मन्दिरमा भने भक्तजनले चिच्याएरै वर माग्ने मेला सुरु भएको छ। तिनाउँ गाउँपालिका ४ सत्यवती बज्यै देवीसँग परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै आएका छन्। सत्यवती बज्यै देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी सुनवीर गाँहाले जानकारी दिए।

आज अर्थात् कार्त्तिक २४ गते देखि २६ गतेसम्म सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने ३ दिने मेला सुरु भएको छ ।  यस वर्ष सत्यवती बजैको दर्शन तथा पूजाआजा गर्न विशेष साइत जुरेकाले  गत वर्षभन्दा धेरै भक्तजन सहभागी हुने मन्दिर व्यवस्थापन समितिको अपेक्ष छ। 

यस वर्ष कार्तिक महिनामा बाला चर्तुरदशी र पूर्णिमा पर्ने सत्यवती बज्यैको दर्शन गर्ने उत्तम समय रहेको बुढापाका तथा मन्दिरका पुजारीले जनाएका छन्।साइत जुरेको समयमा सत्यवती बज्यैको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । 

विगतका वर्षमा कार्तिक चर्तुरदशीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन आजकल परिमार्जित भएको छ । केही वर्षदेखि कार्तिक शुक्लपक्षको त्रियादशीको दिनदेखि पूर्णिमासम्म रात दिन सत्यवती बज्यैको पूजा पाठ गरी चिच्याएर वर माग्ने परम्परा सुरु भएको छ । 

यस वर्ष साइत जुरेकाले मेलामा ३ लाख भक्तजनले सत्यवती बजैको दर्शन गर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

मेलाकै कारण सत्यवती कोल्डाडा क्षेत्रका बासिन्दाको वर्ष दिनको आम्दानी जुट्ने गरेको छ । सत्यवती मन्दिर र ताललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी स्थानीय श्रोत साधनको परिचालन गरी आर्थिक तथा सामाजिक एव सांस्कृतिक पक्षलाई माथि उठाउने गरी गाउँपालिकाले काम गर्ने अध्यक्ष घर्ती मगरले बताए ।

तानसेन र बुटवल क्षेत्रबाट आउने भक्तजन पैदल २ घण्टाको उकालो हिँडेपछि मन्दिरमा पुग्ने गर्दछन्। प्रत्येक वर्ष मन्दिर बाट संकलन हुँदै आएको रकम मन्दिर र ताल संरक्षणमा र केही रकम गाउँपालिकालाई सहयोग गर्दै आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.