जीप दुर्घटनामा २ जनाको मृत्यु
पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाईलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । दुवैजना मृतकको सनाखत हुन सकेको छैन ।
जीप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउँ खोलामा खसेको छ । बटुवाले खोलामा जीप अड्किएको देखेपछि प्रहरी लाई खबर गरेका थिए । उक्त जीप श्रीनगर यातायात सेवा प्रालि पाल्पामा दर्ता भई संचालन हुँदै आएको थियो ।उद्दारका लागि प्रहरी र श्रीनगर यातायातका कर्मचारी घटनास्थलमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस !