यसरी बढ्यो मदन पुरस्कारको राशि
रानी जगदम्बाकुमारी देवी राणाले आफ्ना पति स्व.मदनशमशेर जबराको स्मृतिमा २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापना गर्ने घोषणा गरिन्। सोही वर्ष मंसिर २८ मा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप लगाइयो।
उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान्हरूलाई बर्सेनि यो पुरस्कार प्रदान गरिन थालियो।
गुठीले २०२५ सालसम्म चार÷चार हजार रुपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान)लगायतका विषयमा प्रत्येक वर्ष दिने व्यवस्था गर। २०२६ सालदेखि दुईवटा कृतिका लागि १०÷१० हजार नगद पुरस्कार दिने व्यवस्था गरियो।
२०४२ सालमा ४० हजार र २०४३ सालदेखि ५० हजार गर्दै २०५१ सालमा आइपुग्दा उक्त राशिमा वृद्धि गरी एक लाख रुपैयाँ बनाइयो। २०७५ सालदेखि यसमा तीन लाख थपेर चार लाख रुपैयाँ बनाइएको छ।
सुरुमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिकशास्त्र जस्ता विषयमा उत्कृष्ट कृतिका लागि यो पुरस्कार प्रदान गरिन्थ्यो। २०१३ सालमा यसका प्रथम विजेताहरू सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी थिए।
हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने व्यक्ति मोदनाथ प्र िश्रत हुन्। उनले २०२४ सालमा २४ वर्षकै उमेरमा ‘मानव’ महाकाव्यका लागि पुरस्कार पाएका थिए। त्यसैगरी एकै परिवारका दुई जना धनुषचन्द्र गौतम र धु्रवचन्द्र गौतमले पनि मदन पुरस्कार पाएका छन्। सबैभन्दा बढी यो पुरस्कार पाउने व्यक्ति सत्यमोहन जोशी हुन् भने प्रथम महिला पारिजात (विष्णुकुमारी वाइबा) हुन्।
मूलधन ४० लाख रुपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार प्रदान गर्दै आएको छ।