कर्णाली नदीमा जिप खस्यो, चारजनाको मृत्यु, चार घाइते

कर्णाली नदीमा जिप खस्यो, चारजनाको मृत्यु, चार घाइते

बाजुरा : हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप  कर्णाली नदीमा खसेर दुर्घटना भएको हो। ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । एकजना अहिले पनि वेपत्ता छन् भने चारजना भने घाइते अवस्थामा फेला परेको उनले बताए ।

जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदैगरेको बुझिएको छ । प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले भने खबर पाउने बित्तिकै प्रहरी टोली पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दूरीमा पिलिचौर इलाका प्रहरी कार्यलय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.