जिदानको जिन्दगी

जिदानको जिन्दगी

जिनेदिन जिदान फ्रान्सका व्यावसायिक फुटबलर हुन्। उनको पूरा नाम जिनेदिन जाजिद जिदान हो। उनी आक्रामक मिड फिल्डरको रूपमा चिनिन्छन्। उनले इटालियन क्लब युभेन्टसमा ५ वर्ष र स्पेनिस क्लब रियल मड्रिडबाट ५ वर्ष व्यवसायिक फुलबल खेले । यसअघि उनले २ फ्रान्सेली क्लबबाट व्यवसायिक फुलबल खेलिसकेका थिए ।  उनले खेलाडीका रूपमा धेरै व्यक्तिगत प्रशंसा प्राप्त गरेका छन्।

उनले सन् १९९८, सन् २००० र सन् २००३ मा ‘फिफा वल्र्ड प्लेयर अफ द इयर’ अवार्ड प्राप्त गरेका थिए। सन् १९९६ मा ‘लिग वन प्लेयर अफ द इयर’ र त्यसको दुई वर्षपछि ‘ब्यालोन डी ओर’ अवार्डसमेत प्राप्त गरेका थिए। ब्यालोन डी ओर फ्रान्सको फुटबल अवार्ड हो। सन् २००१ मा

‘सिरि ए फुटबलर अफ द इयर’ अवार्ड जितेका यी खेलाडीले लगत्तै अर्काे वर्ष ‘लालिगा बेस्ट फरेन प्लेयर’ अवार्ड जितेका थिए।

राम्रो फुटबलरको रूपमा स्थापित नहुँदै उनले आफ्नो करियर क्यान्स फुटबल क्लबबाट सुरुवात गरेका थिए। सन् २००२ को युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) च्याम्पियन लिगको फाइनलमा उनी ‘लेफ्ट फुट भलिड’ विजेता भए। यसलाई प्रतियोगिताको इतिहासमा सबैभन्दा ठूलो घटनामध्ये एक मानिन्छ। सन् २००६ को विश्वकपमा उनले ‘प्लेयर अफ द टुर्नामेन्ट’ को लागि गोल्डेन बल पनि प्राप्त गरेका थिए।

जिदानको जन्म सन् १९७२ मा फ्रान्समा भएको थियो। पाँच दाजुभाइमध्ये उनी सबैभन्दा कान्छा थिए। उनका बाबु स्माइल र आमा मलिका अल्जेरिया युद्ध हुनुभन्दा पहिले (सन् १९५३ भन्दा पहिले) उत्तरी अल्जेरियामा गएका थिए। त्यहाँ उनीहरू बार्बेसमा सेटल भए। त्यहाँ काम पाउन एकदमै गाह्रो थियो। त्यसैले सन् १९६० मा त्यहाँबाट उत्तरी मार्सेलेमा गए। उनका बुबा एक डिपार्टमेन्ट स्टोरमा रातिको समयमा वाचम्यानको काम गर्थे। आमा भने गृहिणी थिइन्। जिदानले आफ्नो करियरमा आमाबुवाको भूमिकालाई निकै महत्वपूर्ण मानेका छन्।

उनले पाँच वर्षदेखि नै फुटबल खेल्न सुरु गरेका थिए। सानैमा छिमेकीका बच्चासँग उनी फुटबल खेल्थे। १० वर्षको उमेरमा उनलाई जुनियर टिमका लोकल क्लबमा खेल्नको लागि लाइसेन्स प्राप्त भयो। उनी १४ वर्षको हुँदा भएको विश्वकप खेलमा विश्वचर्चित खेलाडी डियोगो म्याराडोनाले खेलेका खेलको नमेटिने छाप जिदानमा परेको थियो।

एक अन्तर्वार्तामा जिदानले भनेका छन्, ‘अरबिक दुनियाँसँग मेरो लगाव छ। यो मेरो आमाबाबुको माध्यमले मेरो रगतमा सरेको हो। मलाई फ्रेन्च हुनुमा धेरै गर्व छ। विविधतासँग मलाई झन् धेरै गर्व छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.