डोजरमा बम झुन्ड्याएको आशंका
पाल्पा : रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरमा रहेको सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीमा राखिए डोजरमा शंकास्पद वस्तुले जनमानसमा त्रास फैलाएको छ।
सोमबार राती चुनढुंगा खानीमा नियमित उत्खनन् गर्ने डोजरमा प्लाष्टिकले बेरेको शंकास्पद वस्तु झुण्डाइ खतराको पर्चा टाँसिएको छ। खानी क्षेत्रमा कार्यरत मजदुर तथा चालकले डोजरमा झुण्डाएको शंकास्पद वस्तु देखेपछि खानी क्षेत्रमा त्रास फैलिएको बताएका छन्।
शंकास्पद वस्तुसँगै जनपरिषद् पाल्पा जिन्दावाद लेखिएको पर्चा पनि भेटिएको प्रहरी उपरीक्षक जिसीले बताए।शंकास्पद वस्तु भेटिएपछि खानी क्षेत्रको काम रोकिएको छ।
प्रतिक्रिया दिनुहोस !