सदन छाडेर कार्यक्रम उद्घाटनमा : विभागीय मन्त्रीलाई छैन संसद्को महत्व

सदन छाडेर कार्यक्रम उद्घाटनमा : विभागीय मन्त्रीलाई छैन संसद्को महत्व

विराटनगर : संसद् बैठक चलिरहेकै समयमा विभागीयमन्त्री बैठक छाडेर ‘एक्स्पो’ उद्घाटनमा हिँडेपछि शुक्रबारको प्रदेशसभा तोकिएको कार्यसूची पूरा नगरी स्थगित भएको छ। सदनसमक्ष पेस गरेको प्रदेश वातावरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक उपर छलफल पूरा हुनसाथ उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको विराट एक्स्पोको उद्घाटन कार्यक्रममा हिँडे।

आफैंले पेस गरेको विधेयकउपर सदनको कारबाही नै पूरा नभई मन्त्री हिँडेको भन्दै प्रमुख विपक्षी कांग्रेसले नियमापत्ति गरेका थिए। सम्बन्धित विभागीयमन्त्री नै सदनमा अनुपस्थित भएपछि प्रदेशसभा सञ्चालन नियमावली अनुसार चल्न नसक्ने भन्दै कांग्रेसले नियमापत्ति गरेको हो। कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नियमापत्ति जनाउँदै ‘मन्त्रीबिना सदन चल्न नसक्ने’ जिकिर गर्दै सदन सञ्चालन गरिरहेकी उपसभामुख सरस्वती पोखरेलको ध्यानाकर्षण गराए।

उपसभामुख पोखरेलले मन्त्री कुसियैतले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई जिम्मेवारी दिएको र केही माननीयले आग्रह गरेकाले सदनको कारबाही छोट््याएको जनाउँदै बैठक नियमित गरेको बताए पनि कांग्रेसले विषयगत मन्त्री नै हुनुपर्ने बताएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो।

शुक्रबारको कार्यसूचीअनुसार प्रदेश वातवरणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिन उपसभामुख पोखरेलले मन्त्री कुसियैतलाई समय दिएकी थिइन्। मन्त्री कुसियतले जवाफ दिएपछि प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरेर हिँडेका थिए।

बैठक स्थगन भएपछि कार्यसूचीअनुसार सदनमा कांग्रेसका सांसद मोहम्मद ताहिर मियाँले छलफलमा भाग लिन पाएनन्।

‘प्रचण्ड आत्तिएको÷मातिएको होईन पातिएछन्’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिप्रति कांग्रेस सांसदले प्रदेश १ संसद्मा आलोचना गरेका छन्। शुक्रबार बसेको प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सचेतक सूयर्माराज राईले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले मान्छे मार्न उक्साएको भन्ने प्रचण्डको अभिव्यक्तिमाथि प्रश्न उठाए।

‘पहिले जनयुद्धका समयमा प्रचण्ड आत्तिएका थिए, त्यहीँ गिरिजाप्रसाद कोइरालासँग प्राण रक्षाको दुहाई माग्दै आज नेपालको राजनीतिमा हालिमुहाली गरिरहेका छन्,’ सांसद राईले प्रश्न गर्दै भने, ‘अहिले आएर तिनै शान्तिदूतको रुपमा स्थापित गिरिजालाई गाली गर्नु कतिको सान्दर्भिक छ ? ’ उनले पहिले प्रचण्ड द्वन्द्वको समयमा प्राण रक्षाको भिख माग्दै आत्तिएको र अहिले राजनितिमा हालिमुहाली गर्दै मात्तिएको आरोपसमेत लगाए।

‘मान्छेका स्वभाव हो, आत्तिने र मात्तिने भइरहन्छ,’ सांसद राईले थपे, ‘हिजो प्रचण्ड अत्तिनुभएको थियो, अहिले मात्तिनु मात्रै होइन पातिनु भएको छ, गिरिजाको फेर समातेर ज्यान बचाएको उहाँले भुल्नुभएछ।’ राईले जनयुद्धका नाममा मारिएका १७ हजार मानिसको रगतको बाछिटा गिरिजाप्रसाद कोइरालालाई लगाउने काम नगर्न प्रचण्डलाई सुझावसमेत दिए।

भ्रूणहत्याका दोषीलाई कारबाहीको माग

शुक्रबारको संसद्मा सांसद उमिता विश्वकर्माले पाँचथर कुम्मायक–१ यासोक की दलित परिवारकी युवतीको अन्तरजातीय विवाह गरेकै कारण जबरजस्ीत दबाबमा गर्भपन गराएको भन्दै पीडितलाई न्याय दिन माग गरेकी छन्। सांसद विश्वकर्माले स्याबरुम्बाका रमेश खड्कासँग प्रेम विवाह गरेकी ती युवतीको पेटमा रहेको गर्भ परिवार र स्थानीय जनप्रतिनिधिको दबाबमा फालिएको र युवतीको बिचल्ली बनाएको बताइन्।

‘अन्तरजातीय विवाह गरेकी युवती गर्भवती भएकी र उनलाई रमेशका परिवारले घरमासमेत नभिœयाएको देखियो। दबाबमा गर्भपतन गराएर युवतीलाई एक्लै छाडेको छ, उनको स्वास्थ्य अवस्था नाजुक छ,’ सांसद विश्वकर्माले भनिन् ‘गर्भपतन गराउन दबाब दिने र अन्तरजातीय विवाहकै कारण युवतीलाई हिंसा गर्नेलाई सरकारले कारबाही गरोस।’

पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयकुमार चेम्जोङ र परिवारको दबाबमा ती युवतीको २१ हप्ताको भ्रुणहत्या गरेको पीडित परिवारको आरोप छ। मेघा बैंक कुम्मायक शाखामा कार्यरत कुम्मायक ५ स्याबरुम्बाका रमेश खड्का र यासोक बजारकी ती दलित युवतीले साउन २८ गते पाँचथर सदरमुकाम फिदिमको शिवालय मन्दिरमा विवाह गरेका थिए। विवाहपछि रमेशको परिवारले घरमा ल्याउन नदिएपछि रमेशले कुम्मायाकमा नै कोठा लिएर राखे।

परिवारको दबाबपछि पुष २४ गते पाँचथर सदरमुकाम फिदिमको समर्पित अस्पतालमा लगेर २६ गते राति जबरजस्ती गर्भपतन गराइएको पीडित युवतीकी आमाको भनाइ छ। २८ गते अस्पतालबाट युवतीलाई डिस्चार्ज दिइएका थियो। गर्भपतन गराएपछि रमेश सम्पर्कविहीन छन्।

क्याप्सनः शुक्रबार बसेको संसद् बैठकमा सहभागी सांसद सांसद।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.