कोरोना संक्रमण प्रभाव : प्रदेश १ प्रदेशसभा बैठक स्थगित
विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितका लागि स्थगित भएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै बैठक स्थगित भएको हो।
सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकको निर्णय बमोजिम कोरोना भाइरस संक्रमण रोकथामका लागि संसद बैठक स्थगित गरेको जानकारी दिए।
‘अर्को सूचना जारी नभएसम्मका लागि संसदको बैठक स्थिगित गरेका छौँ,’ सभामुख भण्डारीले भने, ‘संघीय सरकारले २५ भन्दा बढी संख्यामा भेला नहुन सूचना जारी गरेकाले पनि संसद स्थगनमा हामी पुगेका हौँ।’
प्रतिक्रिया दिनुहोस !