प्रदेश १ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रदेश १ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर : प्रदेश १ बाट कोरोना भाइरसको आशंका गरिएका ३० बिरामीमध्ये २३ जनको रिपोर्ट नेगेटिभ आएको छ । अन्य सातजनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले जनाएको छ ।

थ्रोट स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको हो। प्रदेश १ मा कोभिड -१९ को आशंका भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा हालसम्म  ५ सय १२ जनालाई राखिएको छ । 

केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित ८ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ जना छन् । होम क्वारेन्टाइन अन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.