प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ पुग्यो
विराटनगर : झापामा कोरोना संक्रमितको संख्या थपिएको छ । आइतबार थप एकजना ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ भने प्रदेश १ मा ३१ र नेपालमानै ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको विराटनगरस्थित कोसी अस्पतालमा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।
उनलाई आइतबार साँझनै कोरोना अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमित ती पुरुष झापा बाह्रदशी गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !