प्रदेश १ का थप ८ जना कोरोना जितेर डिस्चार्ज हुँदै
विराटनगर : विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज हुँदैछन् । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।
डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए। डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ । झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए ।
सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचार तथा निगरानीमा खटिएका चिकित्सक डा.डेनप्रसाद आचार्यले जानकारी दिए । उनीहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनुपर्ने डाक्टर आचार्य बताए।
प्रदेश १ का ३१ बाहेक पछिल्लो समय थपमा कोरोना संक्रमण देखिएको छैन। यो सहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ भने संक्रमितको संख्या १०१ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !