विश्व वातावरण दिवस : प्रदेश २ मा ६४ लाख बिरुवा रोपिदै

विश्व वातावरण दिवस : प्रदेश २ मा ६४ लाख बिरुवा रोपिदै

जनकपुरधाम : विश्व वातावरण दिवसको अवसरमा प्रदेश २ का जिल्लामा वृक्षा रोपण सुरु गरिएको छ । 'सुरक्षित जीवनका लागि जैविक विविधता' भन्ने मुल नाराका साथ यसवर्ष प्रदेश २ मा कम्तिमा ६४ लाखभन्दा बढी बिरुवा रोप्न थालिएको उद्योग, पर्यटन  वन तथा वतावरण मन्त्रालयका सचिव पेमनारायण कडेलले जनाए ।

'प्रदेशभरी हाम्रो वन कार्यालयका नर्सरीमा बिरुवा हुर्काएका छौं। बिरुवाका लागि गाउँ-गाउँबाट माग आएको छ, 'उनले भने, 'सार्वजनिक, एेलानी, नीजि जग्गामा वृक्षा रोपण सुरु गरिएको छ।'

कोरोना भाइरसले वृक्षा रोपणमा कुनै अवरोध नगर्ने भन्दै उनले भने,' प्रदेशभरीका डिभिजन वन कार्यालयमार्फतबाट पनि वृक्षा रोपण गर्न थालेका छौं ।' प्रदेश वन विकास तथा व्यवस्थान कार्यक्रमअन्तर्गत प्रदेश २ मा वृक्षा रोपण थालिएको हो। चुरे जोगाऔं, मधेश बचाऔं भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरी एक सात अघिदेखि नै वृक्षा रोपण काम थालिसकेको छ । 

उसले बर्दिबासस्थित नेवारडाँडा-कामीडाँडा सामुदायिक वनको खाली ठाउँबाट वृक्षा रोपण सुरु गरेको हो । वातावरण दिवसको अवसरमा प्रदेश सभा सदस्य सारदा देवी थापासहितका स्थानीयले नेवारडाँडा-कामीडाँडाको भीरपाखामा पहिरो रोकथामका लागि चार सय बाँसका बिरुवा रोपण गर्न सुरु गरेका छन् ।

'खहरेखोल्सीमा पहिरो जान नदिन भित्ता-भित्तामा बाँसका बिरुवा रोपिरहेका छौं,' डिभिवन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले भने, 'सम्म परेको ठाउँमा साल, सिसो, कर्मा, टिकलगायतका प्रजातिका लगाउँदै छौं ।' वृक्षा रोपणमा गाउँले, स्थानीय सरकार र राजनीतिक दलको साथले उत्साहित बनाएको उनले बताए ।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.