नारायणगढ मुग्लिन सडक १४ घण्टापछि खुल्यो

नारायणगढ मुग्लिन सडक १४ घण्टापछि खुल्यो

चितवन : पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक संचालनमा आएको छ । झण्डै १४ घण्टापछि सडक संचालनमा आएको हो । इच्छाकामना गाउँपालिका ६ स्थिति चार किलोमा बुधबार बिहान सवा चार बजे खसेको  पहिरो साँझ साढे ६ बजे हटाइएको हो । 

अहिले एकतर्फी मात्रै संचालनमा ल्याइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए  । उनका अनुसार  दुईतर्फी संचालन गर्न भने समय लाग्ने छ । 

ठूलो पहिरो खसेको कारण पहिरो हटाउन समय लागेको हो । पहिरो हटाउनका लागि  पाँच वटा डोजर प्रयोग गरिएको थियो । 

पहिरो कारण सवारी साधन बीच बाटोमै रोकिएका थिए । बाटो संचालन भएसँगै अलपत्र परेका यात्रु गन्तव्य तर्फ लागेका छन् । चार किलो नारायणगढ मुग्लिन सडकको सबैभन्दा बढी पहिरो जाने स्थान हो । 

भौगोलिक बनोट कमजोर भएको कारण पटक पटक पहिरो खस्ने समस्याले दुःख दिने गरेको छ । नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दूरीका नौ स्थानमा पहिरोको जोखिमयुक्त क्षेत्र छन् । पहिरोले बाटो अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्स बाटोमै रोकिए । दिनभर सडकमै अल्झिएका यात्रुहरु साँझपख मात्रै गन्तव्यतर्फ लागेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.