इन्स्टाग्रामले समाचार स्रोतका रूपमा ट्विटरलाई जित्ने

इन्स्टाग्रामले समाचार स्रोतका रूपमा ट्विटरलाई जित्ने

अघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा आफूलाई हेर्ने प्रयोगकर्ता दोबर पारेको सामाजिक सञ्जाल इन्स्टाग्राम, समाचार स्रोतको रूपमा सामाजिक सञ्जाल ट्विटरलाई उछिन्नतर्फ अघि बढिरहेको एक अनुसन्धानले देखाएको छ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको देखाएको हो । युवाहरूमा यो अझ बढी बलियो देखिएको छ। उक्त अध्ययनकाअनुसार यूकेका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले कोरोना भाइरसबारे जानकारी पाउन इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेका थिए।

तर सामाजिक सञ्जालहरू सबै भन्दा कम विश्वशनीय समाचार स्रोतहरू मध्येमा रहेको पनि पाइएको छ। जम्मा २६ प्रतिशतले मात्रै कोरोना भाइरसबारे सामाजिक सञ्जालमा शेयर गरिएका समाचारमा आफूलाई विश्वास लाग्ने बताएका थिए। फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपमार्फत् शेयर गरिने समाचारमा त्यही हाराहारीको विश्वास व्यक्त गरिएको थियो ।

राष्ट्रिय सरकार र समाचार संस्था दुवैलाई ५९ प्रतिशतले विश्वास गरेका छन्। सर्वेक्षणमा सहभागी भएका एक तिहाइ भन्दा धेरै व्यक्तिले इन्स्टाग्रामको प्रयोग गरिरहेका छन् र उनीहरूमध्ये दुई तिहाइको उमेर अहिले २५ वर्ष भन्दा कम छ।
यस्तै ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्विटरभन्दा एक अंकले कम हो ।

'इन्स्टाग्राम कम उमेरका व्यक्तिहरूमा माझ अझ बढी लोकप्रिय बनिरहेको छ, उक्त अनुसन्धानका प्रमुख लेखक निक न्युमेन भन्छन्, 'साधारण ढङ्गले र राम्रा तस्बिरहरूको प्रयोग गरी प्रस्तुत गरिएका कथामा उनीहरूले एकदमै राम्रो प्रतिक्रिया जनाएका छन्।'

हालकै महिनाहरूमा चर्चित र व्यापक रूपमा विचारहरू आदानप्रदान भएका त्यस्ता समाचारहरूको विषय जलवायु परिवर्तन, ब्ल्याक लाइभ्स म्याटर भनिने अमेरिकामा जारी आन्दोलन र कोरोनाभाइरस रहेको देखिएको छ।
इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग रहेको छ। ह्वाट्स एपको स्वामित्व पनि फेसबुकसँगै छ।

४० वटा देशमा गरिएको सर्वेक्षणका क्रममा समाचार र समाचार संस्थाहरूको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो । जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन् । अध्ययनमा सहभागी भएका आधा भन्दा कम अर्थात ४६ प्रतिशतले आफूले रूचाएको समाचार श्रोतमाथि विश्वास गर्ने बताएका छन् ।
कोभिड-१९ को महामारीपछि समाचार संस्थाहरूको विश्वशनियतामा वृद्धि भइ त्यो ५९ प्रतिशतमा पुगेको थियो ।अनुसन्धानका लेखकहरूले सञ्चारमाध्यमहरूले जनस्वास्थ्य सम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको विश्वास गरेका छन् ।

रोयटर्सको अध्ययनले समाचार श्रोतका रूपमा इन्स्टाग्रामको उल्लेख्य विस्तार देखाउनुले फेसबुकले उक्त सञ्जाल खरिद गर्ने निर्णय इतिहासकै सबैभन्दा फाइदाजनक मध्ये एउटा भएको देखाएको छ । लकडाउनको बीचमा सञ्चारमाध्यम र सरकारमा अरू बेला भन्दा बढी विश्वास देखिएपनि एप्रिल र मे महिनाको बीचमा त्यो ११ अंकले घटेको उक्त अध्ययनका लेखक न्यूमेनले बताएका छन् ।

औपचारिक रूपमा अध्ययनको अङ्ग नभएपनि हालैको सर्वेक्षणले ‘राष्ट्रिय एकताका क्षण’ कटेको देखाएको छ । विश्वशनियताको विश्लेषणबाहेक उक्त अध्ययनमा ‘मौन बहुसंख्यक’ को पनि चर्चा गरिएको छ जसले आफूले ‘तटस्थ’ समाचारलाई हेर्ने बताएका छन् ।

सन् २०१३ यता उक्त रिपोर्टका लेखकहरूले यो प्रश्न गर्न छाडेका थिए किनभने विचार व्यक्त गर्ने र समाचार लेखनमा खुल्ला दृष्टिकोण राख्ने प्रवृत्ति बढ्दै गएको थियो। अध्ययन गरिएका ९ वटा देशमा सहभागीहरूले ‘कुनै पनि धारणा नराख्ने’ समाचार श्रोतबाट आउने खबर आफूहरूले रूचाउने बताएका छन्।

त्यस्तो मत सबभन्दा बलियोसँग जर्मनी, जापान, यूके र डेनमार्कमा व्यक्त भएका थिए। यी देशहरूमा बलियो र स्वतन्त्र सार्वजनिक प्रसारकहरू रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.