दुर्गममा पुगेर बिरामीको निशुल्क उपचार गर्दै डा. केसी

दुर्गममा पुगेर बिरामीको निशुल्क उपचार गर्दै डा. केसी

बाजुरा : चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराको जिल्ला अस्पताल कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा बिरामी उपचारपछि कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेको छन् । एक हप्ता बाजुरामा निशुल्क उपचार गरेका उनी अहिले हुम्लाको ताजाकोट गाउँपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर बिरामीको निशुल्क उपचार गरिरहेका छन् । 
    
बिहीबार स्वास्थ्यचौकी पुगेका केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले बताइन्। स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन् । लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका उनले बताइन् । केसी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिने पैदल यात्रामा त्यहाँ पुगेका थिए ।

    
केसी पुगेको ठाँउ नेपालको दुर्गम गाउँ हो । हुम्लाको सदरमुकाम सिमकोटबाट त्यहाँ पुग्ने चार दिन बढी पैदल यात्रा गर्नु पर्छ । बाजुराको सदरमुकाम मार्तडीबाट पनि तीन दिनभन्दा बढी समय लाग्ने गरेको छ । स्वास्थ्य सेवामा निकै पछाडि रहेको यो क्षेत्रमा डाक्टर केसी त्यहाँ पुगेर सेवा दिंदा बिरामीलाई ठूलो राहत भएको स्थानीय चक्रबहादुर मल्लले बताए। 
    
ताजाकोट गाउँपालिका २ का मनबहादुर रोकायाले भने, 'उपचार गर्न बाहिर जान पैसा थिएन । डा केसी गाउँमै रहेको स्वास्थ्य चौकीमा पुगेपछि उपचार गरेको छु । हाम्रो यहाँ त स्वास्थ्यकर्मीसमेत आउन मान्दैनन्, तर डाक्टर नै यहाँ आएर सेवा पाउँदा खुशी भएको छु ।' केसीले मैला स्वास्थ्य चौकीमा आइतबारसम्म बिरामीको उपचार गर्ने बताए ।  

उनले बिरामीको उपचारसँगै निशुल्क औषधि दिइरहेका छन् । बुधबार मात्र बाजुराको कोल्टी पुगेका डा. केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुराबाट हुम्ला पुगेका हुन् । 

दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी कर्णाली प्रदेशको हुम्ला पुगेका थिए । डाक्टर केसीले योभन्दा पहिला बाजुरा, बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बेला बेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए। 

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.