सप्तरीमा ५५८ संक्रमित

सप्तरीमा ५५८ संक्रमित

राजविराज : गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा शुक्रबार गरिएको पीसीआर परीक्षणमा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाका एक र राजविराज नगरपालिकाका १०३ जनाको रिपोर्ट नेगेटिभ आएको हो।

त्यसअघि बिहीबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएका १९ जनाको शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। जसमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा उपचाररत एक महिला, उनको उपचारमा संलग्न चार जना अहेव र छिन्नमस्ता अस्पतालको अपरेशन थेटरमा कार्यरत एक जना ओटी असिस्टेन्ट रहेको सम्बन्धित अस्पतालले जनाएको छ।

योसँगै गजेन्द्रनारायण सिंह अस्पतालमा संक्रमित हुने अहेव ७, नर्स १ र सरसफाइकर्मी एक महिला गरी ९ जना पुगेको छ। जसमध्ये नर्स र सरसफाईकर्मी निको भई घर फर्किसकेका छन्। संक्रमित सात अहेवमध्ये शुक्रबार पुष्टि भएका चार जना अहेव अस्पतालकै आइसोलेशन केन्द्रमा र त्यसअघि संक्रमित पुष्टि भएका तीन जना अहेव राजविराजस्थित एक होटलमा आइसोलेशनमा बसेका छन्।

कोरोना पुष्टि भएकाहरुमा छिन्नमस्ता गाउँपालिका-५ का दुई जना उमेर नखुलेका पुरुष, वडा नम्बर ४ का २५ बर्षीया महिला, राजविराज नगरपालिकाको वडा नम्बर नखुलेका ३१, ३८ र ४० वर्षका दुई पुरुष, राजविराज नगरपालिका-४ का ३३ बर्षीय पुरुष र वडा नम्बर ६ की ५५ बर्षीया महिलालाई कोरोना पुष्टि भएको छ।

यसैगरी, रुपनी गाउँपालिका-६ का २४ बर्षीय पुरुष, महादेवा गाउँपालिका-२ का ३४, ३६ र ३७ वर्षका दुई पुरुष, तिलाठी कोइलाडी गाउँपालिका-२ का उमेर नखुलेका ३ जना पुरुष र वडा नम्बर- ७ का उमेर नखुलेका एक जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय ५८ पुगेको छ। संक्रमितमध्ये ३८ महिलासहित ३८४ जना साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रबाट निको भई घर फर्किएका छन्। राजविराजस्थित आइसोलन केन्द्रबाहेक तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका २५ जना संक्रमित सोही वडाको बिद्यालयमा आइसोलेशन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.