राजविराजमा १० कोरोना संक्रमित थपिए
राजविराज : सप्तरीको राजविराजमा १० जना कोरोना संक्रमित थपिएका छन्। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार राजविराजकी एक महिलासहित १० जना संक्रमित थप भएका हुन्। योसँगै राजविराज नगरपालिकामा मात्र १५२ संक्रमित पुगेका छन्। जसमा ३७ जना महिला छन्।
संक्रमित थप हुनेमा राजविराज नगरपालिका-५ का ३, ७, ११, १५, २६, ५५ र ६३ वर्षीय पुरुष, ३७ वर्षीया महिला, राजविराज-७ का ३५ वर्षीय र वडा नम्बर ११ का ४४ वर्षीय पुरुषको रिपोर्ट कोरोना पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
यसअघि बिहीबार राति आएको रिपोर्टमा सप्तरीको विष्णुपुर गाउँपालिका-२ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो। बिष्णुपुर गाउँपालिकामा संक्रमितको सङ्ख्या ७ जना पुगेको छ। सबै पुरुष हुन्।
यो सँगै सप्तरी जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ६२७ पुगेको छ भने मृतकको सङ्ख्या ३ रहेको छ। संक्रमतिमध्ये साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेज राजविराजको आइसोलेसन केन्द्रमा १०६ जना, तिलाठी कोइलाडी गाउँपालिका-२ स्थित आइसोलेसनमा ३४ जना र होम आइसोलेसनमा ४४ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। राजविराजस्थित आइसोलेसन केन्द्रबाट ४४ महिला र ३९६ पुरुष गरी ४४० जना निको भई घर फर्किएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !