सप्तरीमा दुई परिवारका १७ सहित २४ जनामा कोरोना संक्रमण

सप्तरीमा दुई परिवारका १७ सहित २४ जनामा कोरोना संक्रमण

राजविराज : हनुमाननगर कंकालिनी नगरपालिकामा दुई परिवारका १७ जना सहित सप्तरीमा मङ्गलबार २४ जना नयाँ संक्रमित देखिएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका-७ का एकै परिवारका ४, ८, २४, २५ र २८ वर्षीय पुरुष तथा १६, २५ र ७५ वर्षीया महिला संक्रमित फेला परेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

यसैगरी हनुमाननगर कंकालिनी-९ का अर्को एक परिवारका ३, ५, ७, १२, ४१, ६६ वर्षीय पुरुष तथा १७, २८ र ३६ वर्षीया महिलामा संक्रमण देखिएको हनुमानगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताए। दुबै परिवारका पुरुष सदस्यमा यसअघि कोरोना संक्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेकिङ्गमा दुबै परिवारका सदस्यहरूमा संक्रमण देखिएको हो। दुधे शिशु बाहेका परिवारका सबै सदस्यहरू संक्रमित भएपछि होम आइसोलेशनमै बस्ने भएकाछन्।

हनुमाननगर कंकालिनी–८ घर भई वडा नम्बर १ बस्ने २५ वर्षीय र वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको भन्दै यादवले हनुमाननगर कंकालिनी नगरपालिकामा १३४ जना संक्रमित पुगेको बताए।

यसैगरी सप्तरी कारागारकी २३ वर्षीया बन्दी महिला र करदाता सेवा कार्यालयका पुरुष कर्मचारीमा समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जनाए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार भएको परीक्षणमा राजविराज नगरपालिका–११ को १५, २५, ५५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ।

सप्तरीमा आइतबारसम्म संक्रमितको संख्या ९४० पुगेको छ। जसमा १५१ महिला छन्। संक्रमितमध्ये एक महिलासहित आठ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.